ओमप्रकाश गुप्ता
भालुवाङ २ वैशाख । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा आज देखि राप्ती सेवा पोलिक्लिनिक सञ्चालनमा आएको छ । ५ वटा बेडबाट सुरु गरेको पोलिक्लिनिले २४ सै घण्टा विशेषज्ञ तथा एम विवि एस डा.हरुद्धारा सेवा दिने, दैनिक विशेषज्ञहरुद्धारा ओपिडि सेवा, भिडियो एक्सरे, इसिजी सेवा, डिजिटल एक्सरे, अत्याधुनिक प्याथोलोजी सेवा, २४ सै घण्टा फार्मेसी सेवा, परामर्श सेवा, गर्भवती चेकजाँच र २४ सै घण्टा इमरजेन्सी सेवा दिने सञ्चालक सरिता खड्काले जानकारी दिएकी छिन् । यसै बिच पोलिक्लिनिकको आइतवार एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले उद्घाटन गरेका छन् । पोलिक्लिनिकका सञ्चालक बालकृष्ण शाहको अध्यक्षता एवम् प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सांसद गंगा थारु, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद महेश रिजाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सञ्चालक सरिता खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अनन्तराज पौडेलले गरेका थिए ।
Views: 0