राप्ती गाउँपालिकामा भवन निर्माण आचार संहिता लागु गर्न प्रस्ताव

२०७५ बैशाख ९, आईतवार १३:२३ गते २०७५ बैशाख ९, आईतवार १३:२३ गते २०७५ बैशाख ९, आईतवार १३:२३ गते
?

ओमप्रकाश गुप्ता/तिर्थराज ज्ञवाली
मसुरीया ९ वैशाख । राप्ती गाउँपालिको क्षेत्र भित्र बाटो, नदी, खोला, कुला,धार्मीक स्थल, विद्यालय, सार्वजनिक जग्गा को परिधिमा भवन निर्माण आचार संहिता तोक्नको लागि जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको आयोजनामा आयोजित अभिमुखीकरणमा राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारीहरुलाई भवन निर्माण आचार संहिता मापदण्ड लागु गर्नका लागि छलफल गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् । राप्ती गाउँकार्यपालिका सदस्यहरुले ९ वटै वडाको विस्तृत जानकारी दिदै वडाहरुमा रहेका बाटो, नदी, खोला, कुला, धार्मीक स्थल, विद्यालय, सार्वजनिक जग्गाहरुको विवरण प्रस्तुत गरेका थिए । राप्ती गाउँकार्यपालिका सदस्यहरुले प्रस्तावका लागि आगामी दोस्रो गाउँसभामा पेश गर्ने गरि ६ देखी ९ मिटरको वाटोलाई १.५ मिटर सेट व्याक छोड्ने गरी भवन निर्माण गर्ने साथै ,१० देखी १४ मिटर बाटो रहेकोमा २ मिटर, १५ देखी २० मिटर बाटोमा २.५ मिटर प्रस्तावित चक्रपथको वाटोमा २० मिटर बाटोमा २.५ मिटर र सहायक बाटो ५० मिटर लम्वाई रहेका बाटो ४ मिटर र सेट ब्याक १.५ मिटर राख्ने आवासीय भवनको बाटोदेखी सेट ब्याक १.५ अगाडी पछाडी राख्नु पर्ने, शैक्षिक भवनको ५ मिटर अगाडी पछाडी ३ मीटर, राप्ती नदी देखी घरको सेटव्याक १५ मिटर, नदि नाला खोला देखीको सेटव्याक खोलाको प्रकृतिको आधारमा ५ देखी १० मिटर, नहर देखी सेट व्याक ५ मिटर खेती कुलो देखी सेट व्याक १ मिटर, पनफेकुवा देखी १.५ मिटर मन्दिर तथा धार्मीक क्षेत्र देखी ५ मीटर, सार्बजनिक जग्गा देखी ५ मिटर, बनको हकमा ५ मिटर विद्युत प्रशारण क्षेत्रमा विद्युत ऐन २०५० अनुसार विद्युत लाईन क्षेत्र भन्दा बाहिर घर बनाउन मापडण्ड निर्माण गरिने प्रस्ताव गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् । अभिमुखीकरणको सहजीकरण बजार विकास केन्द्रका इन्जिनियर किशोर थापाले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed