लमहीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

२०७५ बैशाख ९, आईतवार १३:४० गते २०७५ बैशाख ९, आईतवार १३:४० गते २०७५ बैशाख ९, आईतवार १३:४० गते

शिवु खनाल
लमही ९ बैशाख लमहीमा आज पौडि खेल्ने क्रममा एक युवतीको मृत्यु भएको छ । लमही नगरपालीका वडा नम्बर ६ घोडेबास गाउँ स्थित अर्जुन खोलामा पौडि खेल्ने क्रममा घोराही उप माहानगरपालीका वडा नम्बर १८ निवासी १७ वर्षीय करुणा पुन मगरको मृत्यु भएको छ । युवतीहरु १२ जना मिलि आएका थिए । युवतीहरु आज दिउँसो घोराही बाट लमही नगरपालीका वडा नम्बर ६ घोडेबास गाउँ बेल्दमारमा रमाईलो गर्न, घुम्न भनि आएका थिए । करुणा घोराही स्थित लालिगुरास सेकेण्डरी बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत हुन् । करुणा संग आएका युवतीहरु लाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ भने शव लाई लमहीको फलोरेन्स् अस्पतालमा राखिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *