ओमप्रकाश गुप्ता
देउखुरी १० वैशाख । गायक सुशील पंगेनीले आफ्नै शब्द र संगीतमा तिमी जाँदैछौ टाढा बोलको पप आधुनिक गीत सार्वजनिक गरेका छन् । भिडियोमा चर्चित मोडल रञ्जन रिजाल र अभिनेत्री उषा खनालले अभिनय गरेका छन् । भिडियो शिब बिकले निर्देशन गरेका हुन् । झण्डै एक दशक देखि फिल्म लेखनमा सक्रिय रहेका पंगेनीको यस गीतमा प्रेम पीडा प्रस्तुत गरिएको छ । फिल्म लेखनका साथै गायन, शब्द रचना र संगीतमा समेत पारंगत पंगेनीले आफू सँग झण्डै दुई सय वटा गीत संगीत सहित ‘स्टक’ रहेको बताउँछन् । सानै देखि गायन तथा लेखनमा दख्खल राख्ने गरेका पंगेनी तिमी जादैछौं टाढा बोलको गीत युवा पिढीको सत्य प्रेम घटनामा आधारित रहेको बताउँछन् । झट्ट सुन्दा आफ्नो गीतले प्रेम पिडितलाई आत्महत्या गर्न प्रेरित गर्ने जस्तो देखिए पनि वास्तविकता त्यस्तो नभएको तर्क उनको छ । उनी भन्छन गीत मार्फत प्रेममा धोका, घात, पिडा भयो भने कस्तो सम्म दुर्घटना निम्तिन सक्छ भन्दै कसैले कसैलाई धोका नदेओस भन्ने सन्देश प्रभाव गर्न खोजेको हुँ । फिल्म लेखन र गायन संगीतलाई सँगै अघि बढाउने जर्मको गरेका पंगेनीले जन्जिर, टिचर, एउटा साथी, लक्ष्य लगायत झण्डै एक दर्जन फिल्मको स्क्रिप्ट लेखेका छन् । उनले लेखेको लक्ष्य फिल्ममा समाबेश अन्जु पन्तको स्वरको टेकेर दिलको दैलो बोलको गीत निकै चर्चित भएको थियो ।
Views: 0