ओमप्रकाश गुप्ता
देउखुरी १० वैशाख । देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थीत ऐरावती क्याम्पस रोडमा टिप्पर र टेक्टरको धुलोबाट आजिद बनेका स्थानीयहरुले हिजो देखि बाटो अवरुद्ध गरी धर्ना बसेका छन् । आदर्श टोल सुधार समितिको पहलमा एक सय भन्दा बढी स्थानीयहरुको सहभागितामा आन्दोलन थालिएको आन्दोलनमा सहभागी लालमणी भुसालले जानकारी दिएका छन् । दैनिक ८–१० वटा टिप्पर र १०–१२ वटा टेक्टर त्यही बाटो भएर गुड्ने गर्दछन् । तर बाटो मर्मतमा नत गाडीवाले ध्यान दिएको छ । नत सम्बन्धीत पक्षले नै ध्यान दिएको छ । लामो समय देखि धुलोबाट आजिद बनेका स्थानीयहरुले बाटो बन्द गरेर धर्ना बस्न बाध्य भएको आन्दोलनमा सहभागी भुसालले बताए । धुलोको कारण घर भित्र धुलो पस्नुका साथै, तरकारीबालीमा समेत असर पुगेको छ भने घर आँगनको शोभानै बिग्रदै गइरहेको स्थानीयहरुले बताएका छन् । उनीहरुले बाटो ग्रावेल र तत्काल दैनिक बाटोमा सिचाई नगरे आन्दोलन जारी राख्ने बताएका छन् ।
Views: 0