गढवामा शैक्षिक परामर्श कार्यशाला गरिने

२०७५ बैशाख १०, सोमबार १७:०२ गते २०७५ बैशाख १०, सोमबार १७:०२ गते २०७५ बैशाख १०, सोमबार १७:०२ गते

ओमप्रकाश गुप्ता
देउखुरी १० वैशाख । गढवा गाउँपालिकाको आयोजनामा शिक्षा निती तर्जुमा सम्बन्धी १ दिने शैक्षिक परामर्श कार्याशाला गरिने भएको छ । गढवा गाउँपालिकाको भावी शिक्षा निती तर्जुमा,शिक्षाको गुणस्तर तथा सुधार सम्बन्धमा यही वैशाख १२ गते शैक्षिक परामर्श कार्यशाला गर्न लागेको गढवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलीले बताएका छन् । शिक्षाको गुणस्तर तथा सुधार सम्बन्धमा नेपालका सु प्रसिद्ध शिक्षाविद्धद्धारा शिक्षा निती तथा विषय वस्तु वारे छलफल गरिने कार्यशालामा उपस्थितीका लागि सम्पुर्ण राजनैतिकदल,निजी तथा सामुदायिक विद्यालयका प्रअ,शिक्षाप्रेमी,समाजसेवी लगायत आम सचेत गाउँपालिकाबासीलाई रचनात्मक सुझाव सहित सिपी संस्थाको सभाहलमा हुने कार्यशालामा सहभागी हुन गढवा गाउँपालिकाका प्रवक्ता बाबुराम अधिकारीले अनुरोध गरेका छन् । गढवा गाउँपालिकाले स्थानीय अहिले सम्म १६ वटा निती तथा कानुन वनाई गाउँकार्यपालिकाले अनुमोदन गरिसकेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *