सामुदायिक विद्यालयको शुल्क खारेज गर्न अखिल क्रान्तिकारीको आग्रह

२०७५ बैशाख १०, सोमबार १७:११ गते २०७५ बैशाख १०, सोमबार १७:११ गते २०७५ बैशाख १०, सोमबार १७:११ गते

 

दाङ १० वैशाख । अखिल क्रान्तिकारीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै सामुदायिक विद्यालयहरुले विभिन्न बहानामा चर्को शुल्क लिएको भन्दै खारेजको माग गरेको छ । सामुदायिक विद्यालयहरुले शिक्षा क्षेत्रलाई निजिकरण गर्दै अंग्रेजी र नेपाली माध्यम बहानामा अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क बृद्धि गरिएकोप्रति अखिल क्रान्तिकारीको गम्भीर ध्यानाकर्षण जनाएको छ । अखिल क्रान्तिकारी दाङका अध्यक्ष प्रितिमा चौधरीको हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ–‘दाङका सम्पूर्ण सामुदायिक विद्यालयलहरुलाई तत्काल विद्यार्थी अधिकारमारा गैरन्यायिक निर्णय खारेज गरी विद्यार्थीको मौलिक अधिकार सुनिश्चित गर्दै जनताको छोरा छोरीहरुलाई सहज रुपमा अध्ययन गर्ने वातावरण सिर्जना गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ । साथै संस्थागत विद्यालयहरुले चर्को शुल्क बृद्धि गरी अभिभावकको ढाड नसेक्न गरेको अनुरोधलाई अवज्ञा गरी आफु खुसी तरिकाले अगाडि बढेर गरेको चर्को शुल्क बृद्धि खारेज गरी सहज वातावरणमा अध्ययन गर्न पाउने विद्यार्थी अधिकार सुनिश्चित गरिदिनुहुन सम्बन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछौं । क्रान्तिकारीले आफ्नो जायज मागलाई वेवस्था गरी बल मिचाई तरिकाले अगाडि बढेमा संघर्ष रोज्ने र उक्त संघर्षबाट आउने सम्पूर्ण अप्रिय परिणामहरुको जिम्मा विद्यालय परिवारले नै लिनु पर्ने जारी विज्ञप्ती मार्फत चेतावनी समेत दिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *