मध्यरातमा बारीबाटै तरकारी चोरी गर्ने पक्राउ

२०७५ बैशाख १४, शुक्रबार ११:२६ गते २०७५ बैशाख १४, शुक्रबार ११:२६ गते २०७५ बैशाख १४, शुक्रबार ११:२६ गते

नवीन अभिलाषी
दाङ, बैशाख १३

घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिंगौराका ७२ बर्षिय बासुदेव चौधरीले लगाएको बन्दा गोपी बेच्नको लागि तयारी अबस्थामा थियो । दुखले हुर्काएको बन्दा बेच्ने समयमा रातारात बारीबाटै चोरीयो ।

आयआर्जनको बाटो रहेको तरकारी खेती बारीबाटै रातारात चोरिन थालेको बृद्ध कृषक बासुदेव चौधरीको मात्र हैन, ६० वर्ष उमेर पुगेकी जोगानी चौधरीको तरकारी पनि बाँकी रहेन । पटक पटक गरेर बारी बाटै ३ बोरा भन्दा बढि प्याज रातीमै हरायो । त्यसो त खेती गर्नकै लागि बाँकेबाट झिँगौरा आएकी दिल कुमारी चौधरीले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएक थिईन् । तरकारी बेचेर आएको पैसाले घर खर्च देखि साहु बुझाउने र सन्तानको शिक्षामा लगानी गर्नु पर्छ । तर बेच्ने भएको करेला सहितको तरकारी चोरीयो ।

चार पाँच दिनको फरकमा बारीबाटै ठुलो परिमाणमा तरकारीहरु चोरी हुन थालेपछि कृषकहरु चिन्तीत मात्र हैन हैरान भैसकेका थिए । वडा कार्यालयमा उजुरी गरेका कृषकहरुले प्रमाण विना कस्लाई दोष लगाउने ? समस्याको समाधान नभएपछि कृषकहरु नै रातभर तरकारी कुर्न थाले । तरकारी कुर्न थालेको तेस्रो रातमा उनिहरुले तरकारी चोरी गर्ने गिरोह नै फेला पारे ।

बोरा बोकेर तरकारी चोरी गर्न आउने मध्यबाट उनिहरुले एक जनालाई मात्र पक्राउ गर्न सफल भए भने अरु ६ जना भागेको कृषक भगतराम चौधरीले बताए । चार जना महिला र दुई जना पुरुष भागे पनि एक जनालाई पक्राउ गरेर उनिहरुले जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएका छन् । चोरहरुले बारीबाटै बन्दा गोपी, लौका, करेला, काँक्रा प्याज लगाएका तरकारीहरु उठाउने गरेको कृषकहरुले बताएका थिए ।

पक्राउ पर्नेमा प्युठान घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा बस्ने अनिल गुरुङ रहेको प्रहरीले बताएको छ । फरार रहेका ६ जनाको बारेमा अनुसन्धानको काम भैरहेको प्रहरीले बताएको छ । कृषकहरुको क्षतिपुर्ति बेहोर्ने र अबका दिनहरुमा चोरी नगर्ने सर्तमा दोषीलाई छोडीएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *