नवीन अभिलाषी
दाङ, बैशाख १३
दाङमा विद्यालयहरुले चर्को शुल्क उठाएको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनहरुले सयुक्त रुपमा विरोधका कार्यक्रमहरु सञ्चालन गरेका छन । यसै क्रममा केन्द्रिय कार्यक्रम अनुसार घोराही उपमहानगरपालिकाको कार्यालयमा विरोध स्वरुप कालो ब्यानर टांग्दै एक घण्टा धर्ना दिएका छन् ।
गरिवका छोरा छोरीहरुले शुल्क कै कारण पढ्ने बाताबरण नभएको भन्दै अभिभावकहरुको ढाड भाचिने गरी विद्यालयहरुले शुल्क उठाएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले घोराही उपमहानगरपालिकाको कार्यालयकै प्रबेशद्धारमा कालो ब्यानर झुण्ड्याएर एक घण्टा धर्ना दिएका हुन । उनिहरुले अबैध रुपमा चर्को शुल्क उठाउने काम बन्द गर्न विद्यालयहरुलाई आग्रह गरेका छन भने नियमन गर्ने निकाय घोराही उपमहानगरपालिकालाई ध्यानाकर्षण समेत गराएका छन् ।
धर्ना पछि विरोधसभामा बोल्दै विद्यार्थी नेताहरुले शिक्षालाई कमाई खाने भाँडो बनाउन बन्द गर्नुपर्ने बताए । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सन्तोष पोख्रेलले शिक्षालाई कमाई खाने भाँडो बनाउन नहुँने भन्दै शिक्षा सेवा र अधिकारको विषय भएको बताउनुभयो । विद्यालयहरुले स्थानिय तह र केन्द्रिय सरकारले बनाएका निती नियम र निर्देशिका भन्दा बारिह गएर विद्यालयहरु सञ्चालन भैरहदा पनि सम्बन्धीत निकायहरु मैन बसेकोमा उहाले विरोध गर्नुभयो ।
यस्तै अनेरास्ववियूका जिल्ला अध्यक्ष विरवल खड्काले आधारभुत तहको शिक्षा स्थानिय तहको अधिकारको विषय भएको र सविधानले माध्यमिक शिक्षा समेत निशुल्क गरेको देशमा चर्को शुल्क उठाउनु विद्यार्थीहरुको अधिकार हनन भएको बताउनुभयो । अहिले जिल्लाका धेरै विद्यालयहरु सस्थागत विद्यालय सञ्चालन निर्देशिका भन्दा बाहिर गएर सञ्चालन भैरहेको जानकारी दिनुभयो । सरकारले यो विषयमा ध्यान नदिए जस्तो सुकै आन्दोलनका कार्यक्रमहरु ल्याउन पछि नपर्ने र त्यसको जिम्मेवारी स्वयम सम्बन्धीत निकायहरु हुनु पर्ने चेतावनी दिएका छन ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका जिल्ला कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले सरकार र शिक्षा संग सम्बन्धीत विभिन्न निकायहरु संगको पटक पटकको बार्ता र सम्वाद भए पनि कुनै पनि कार्यान्वयन फितलो रहेको बताउनुभयो । शिक्षालाई ब्यापार गर्न नपाईने उहाको भनाई थियो । यस्तै अखिल क्रान्तिकारीका जिल्ला संयोजक जंग रोकाले नीजि तथा सरकारी विद्यालयहरुले विद्यार्थी भर्ना अभियानको नाममा विभिन्न शिर्षकहरुमा लिएको शुल्क मापदण्ड विपरित रहेको भन्दै विरोध गर्नुभयो ।
Views: 0