राप्ती गाउँपालिकाको बगरापुरमा होमस्टे सञ्चालन हुने

२०७५ बैशाख २१, शुक्रबार ०८:११ गते २०७५ बैशाख २१, शुक्रबार ०८:११ गते २०७५ बैशाख २१, शुक्रबार ०८:११ गते

ओमप्रकाश गुप्ता/तिर्थराज ज्ञवाली
भालुवाङ २१ वैशाख । राप्ती गाउँपालिकाको वडा नम्बर ६ बगरापुरमा होमस्टे सञ्चालनका लागि तयारी सुरु गरिएको छ । राप्ती गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार विविध प्राकृतिक सम्पदा तथा होमस्टे सञ्चालनको सम्भाव्यता रहेका मगर समुदाय र थारु समुदायको मात्र बसोबास रहेको गाउँमा होमस्टे सञ्चालन गर्ने योजना अनुसार वडा नम्बर ६ बगरापुरमा होमस्टे सञ्चालनका लागि तयारी तालिम सुरु गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् । राप्ती गाउँपालिका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाण्डौको संयुक्त आयोजनामा राप्ती गाउँपालिकाको वडा नम्बर १ बगासोती र वडा नम्बर ६ बगरापुर गाउँमा होमस्टे सञ्चालनका लागि पुर्व तयारी तालिम आयोजना गरिएको हो । बगरापुर थारु समुदायको वसोबास रहेको गाउँ र बगासोती मगर समुदायको बसोबास रहेको मनोरम गाउँ हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed