भुपु पाण्डेको सिजनल रोमान्टिक गीत छाता सार्वजनिक

२०७५ बैशाख २३, आईतवार १६:४० गते २०७५ बैशाख २३, आईतवार १६:४० गते २०७५ बैशाख २३, आईतवार १६:४० गते

ओमप्रकाश गुप्ता
देउखुरी २३ बैशाख । दंगाली युवा गायक भुपु पाण्डेको राइन रोमान्टिक गीत छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा सार्बजनिक भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी पाण्डे मिठो स्वरका धनी छन् । आफ्नो अलगै पहिचान बनाउन सफल गायक भुपु पाण्डेको स्वर, संगीत तथा एरेन्ज रहेको छाता गीतमा राम अविरल विष्टको शब्द रहेको छ । आफुलाई घर बाट पनि राम्रो सपोट रहेको बताउदै, मैले एक सय वटा गितमा आवाज दिइसके पाण्डेले भने । काठमाण्डौँमा काम गर्दै संगित क्षेत्रलाई अंगालेको छु, उनले भने । युवा पुस्ता माझ निकै लोकप्रियता कमाउन सफल भएका गायक भुपु पाण्डेको छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा गीतमा डान्स सुजन मार्फा तामाङ त्यसै गरी मनासी तामाङ र एलिड ट्वान्टी क्रिउका मेम्बरहरुले गरेका छन् । त्यसै गरी गीतलाई सम्पादन विकास ज्ञवालीले गरेका हुन् भने, निर्देशन सुजन मार्पा तामाङ आफैले गरेका छन् । नेपाली गीत संगीतमा आफुलाई अब्बल बनाउन सफल भुपु पाण्डे दाङ देउखुरीको सिसहनियाँ निवासी हुन् । भुपु पाण्डेका सबै गीतहरुलाई दर्शक श्रोताहरुले निकै नै रुचाएको पाइन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed