दाङ, बैशाख २४
दाङबाट काठमाडौँका लागि हिडेको स्कारपियो गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । खानेपानी समस्याका लागि डेलिगेशनमा हिडेको घोराही खानेपानी उपभोक्ता समितिको टोली सवार बा१६च नम्वरको गाडी धादिङको गल्छीमा दुर्घटनामा भएको हो ।
दुर्घटनामा परी घोराही खानेपानी उपभोक्ता समितिका अध्यक्ष देविबहादुर डिसी, सचिव सुमन शर्मा, कोषाध्यक्ष धु्रव केसी र एमाले नेता विवेक श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये श्रेष्ठलाई गम्भीर चोट लागेको भए पनि अन्यको अवस्था सामान्य भएको प्रहरीको भनाई छ। दुर्घटनामा परेको गाडी र घाइतेलाई स्थानीय र प्रहरीले उद्दार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0