गढवामा वाल विवाह न्यूनिकरण कार्यशाला

२०७५ जेष्ठ २, बुधबार १३:५९ गते २०७५ जेष्ठ २, बुधबार १३:५९ गते २०७५ जेष्ठ २, बुधबार १३:५९ गते

ओमप्रकाश गुप्ता
गढवा २ जेठ । गढवा गाउँपालिकाको महिला तथा वालवालीका शाखाको आयोजनामा बुधवार वाल विवाह न्यूनिकरण सम्वन्धी एकदिने अभिमुखिकरण सम्पन्न भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा चार विद्यालका शिक्षक, अभिभावक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सानो उमेरमा गरेको विवाहले पारीवारीक सम्वन्ध जोड्नु भन्दा बिच्छेद गराउने भन्दै वालविवाह न्यूनिकरणका कार्यक्रम कोठामा मात्र होईन फिल्डमै पुगेर अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नं. ५ का अध्यक्ष केपि घिमिरेले विहेवारी २० बर्ष पारी भन्ने नेपाल सरकारको नारा बमोजम उमेर नपुगी बिहे गरेमा पारिवारीक र शारीरीक दुबै अवस्थालाई बेफाईदा हुने बताए । सरकारले वालविवाह न्यूनिकरण गर्न ५ बर्षे रणनिती अपनाउन थालेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले अहिलेको कानून अनुसार बिसबर्ष एता भएको विवाहलाई सरकारले बैधानीकता नदिने भएकोले कतिपय समुदायमा सानो उमेरमा बिवाह गर्ने र गरिदिने संस्कारलाई हटाउनु पर्ने आवश्यकता बताए । शान्ती चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन महिला बिकाश शाखाका प्रमुख जिवन कुमारी जिसीले गरेकी थिइन् । कार्यक्रमका सहभागीहरुलाई महिला तथा वालवालीका कार्यालयकी प्रमुख महिला बिकाश अधिकृत बिश्वमणी जोशी, गढवा शाखाका प्रमुख जिवन जिसी र सहायक प्रमुख चन्द्रा वली खड्काले प्रशिक्षण दिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed