लमहीको सार्वजनिक शौचालय बन्द

२०७५ जेष्ठ ४, शुक्रबार १५:१४ गते २०७५ जेष्ठ ४, शुक्रबार १५:१४ गते २०७५ जेष्ठ ४, शुक्रबार १५:१४ गते

ओमप्रकाश गुप्ता
लमही ४ जेठ । राप्ती राजमार्ग अन्तरगत दाङ देउखुरीको लमहीस्थित सार्वजनिक शौचालय मर्मतका लागि दुई महिना बन्द हुने भएको छ । सार्वजनिक शौचालय अत्याधिक फोहोर भएकोले दुई महिना बन्द गर्नु परेको अजम्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुनाराम केसीले बताए ।१२ बर्ष अघिदेखि नगर विकासले सामुदायिक वनलाई जिम्मा दिएको शौचालय फोहोर भएर मर्मतका लागि बन्द गरिएको उनले बताए । ‘लमही बजारको सबैभन्दा पुरानो शौचालय हो । अहिले जीर्ण हुँदै गएको छ र अब यसलाई मर्मत गरेर ब्यवस्थित गराउने उद्देश्यले दुई महिना बन्द गरेर छाँै।’ केसीले भने । लमही नगर विकास समितिले यात्रुहरुलाई सहज गराउने उद्देश्यले लमहीका सार्वजनिक शौचालय निर्माण गरेको हो । यो शौचालय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नगर विकासले अजम्वरी सामुदायिक वनलाई दिएको छ । वनले एकजना शौचालय रेखदेख गर्ने, सफा गर्ने मान्छे पनि राखेको छ । तर केही दिन यता शौचालय बन्द भएपछि यात्रुले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । मुख्य राजमार्गमा रहेको सार्वजनिक शौचालय बन्द हुँदा दैनिक रुपमा आउने जाने हजारौं यात्रु मर्कामा परेका छन् । बढीमा दश मिनेट रोकिने भएको हँुदा गाडीले छोड्छ की भन्ने डरले अर्को शौचालय जान नसकिएको बर्दियाबाट नारायणघाट जाँदै गरेकी ४८ बर्षिय भागवता जोशीले बताइन् । ‘म यो बाटो धेरै पटक ओहोरदोहोर गरेकी छु अन्य ठाउँको भन्दा लमहीमा शौचालय सफा हुन्थ्यो तर यो पटक त बन्द नै रहेछ । शौच गर्न साह्रै सास्ती खेप्नुप¥यो ।’ जोसीले भनिन् । सार्वजनिक शौचालय बन्द हुँदा बसबाट मान्छे ओर्लिएर शौचालय कता छ ? भन्दै खोज्न थालेपनि बन्द देखेपछि जङ्गलतिर सोझिने गरेका छन् ।‘म आफैलाई लाज लाग्छ,’–बस धनी सागर चौधरीले भने, ‘यो त अति नै भयो, सौचालय छिटो सञ्चालनमा ल्याउनुपर्छ।’यात्रुहरुको समस्याका बारेमा आफु जानकार नै भएपनि मर्मतका लागि आर्थिक नभएको हुँदा तत्काल निर्माण गर्न नसकिएको अजम्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुनाराम केसीले बताए । लमही नगरपालिकाले नै यो सौचालय वन्द गर्न लगाएको हो । फोहर भएको भन्ने जनगुनासो बढी आउन थालेपछि बन्द गर्न सुझाव दिएको नगरप्रमुख कुलबहादुर केसीले बताए । पछिल्लो समयमा लमही नगरपालिकाले नगरभित्रको सरसफाई कार्यलाई तीब्रता दिएको र सार्वजनिक शौचालय फोहोर भएको गुनासो बढेकाले त्यसलाई ब्यवस्थापन गर्न निर्देशन दिएको केसीले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *