लालमटियामा ट्रकको ठक्करबाट बालकको मृत्यु

२०७५ जेष्ठ ५, शनिबार १४:०५ गते २०७५ जेष्ठ ५, शनिबार १४:०५ गते २०७५ जेष्ठ ५, शनिबार १४:०५ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ५ जेठ । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिवार बेलुका ६ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको लु १ ख ९५०६ नम्बरको ट्रकको ठक्करबाट प्युठान जिल्ला सरुमारानी गाउँपालिका २ दर्भान निवासी हिरा बुढाथोकीका छोरा वर्ष ८ का गौतम बुढाथोकीको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । मृतक बालक आदर्श नमुना मावि लालमटिया कक्षा ४ मा अध्ययन गर्दै आएका थिए । विसी परिवार लालमटियामा कोठा भाडामा लिई बस्दै आएका छन् । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *