बगरापुर र बगासोतीमा होमस्टे सञ्चालनका लागि अवलोकन भ्रमण

२०७५ जेष्ठ ५, शनिबार १५:३७ गते २०७५ जेष्ठ ५, शनिबार १५:३७ गते २०७५ जेष्ठ ५, शनिबार १५:३७ गते

तिर्थराज ज्ञवाली / ओमप्रकाश गुप्ता
भालुवाङ ५ जेठ । राप्ती गाउँपालिकाको दुई गाउँमा होमस्टे सञ्चालनका लागि अवलोकन भ्रमण गरेको छ । यस आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार राप्ती गाउँपालिका ६ को थारु बस्ती बगरापुर र वडा नम्बर १ र २ को मगर बस्ती बगासोती र स्यानीघोषमा होमस्टे सञ्चालन गर्ने उदेश्यले होमस्टे सञ्चालन पुर्व तयारी तालिम पश्चात होमस्टे सञ्चालक, जनप्रतिनिधि तथा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरुलाई होमस्टे सञ्चालन भएका स्थानहरुको अध्ययन अवलोकन भ्रमण गराईको हो । चार दिने अध्ययन अवलोकन भ्रमण कार्यक्रममा गाउँपालिकाको समुन्नत विकासमा राप्ती गाउँपालिकाको प्राकृतिक, भौगोलीक, सास्कृतिक, आर्थिक विकासका लागि थप कार्य गर्नका लागी होमस्टे सञ्चालन भएका नवलपरासी जिल्लाको पिप्रहर सामुदायिक होमस्टे ग्राम, पोखराका पर्यटकीय तथा साँस्कृतिक स्थल तथा होमस्टे सञ्चालीत स्थान, कालीगण्डकी जलविद्युत आयोजना, पाल्पाको पहाडीक्षेत्रमा संञ्चालीत होमस्टे तथा धामीक पुरातात्वीक स्थलहरु, नवलपरासीको सीजी टेम्पल लगायतका स्थानको अध्ययन अवलोकन भ्रमण गरिएको हो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रस्तावित होमस्टे सञ्चालक तथा शाखा प्रमुखहरुको सहभागीता रहेको अवलोकन भ्रमणमा होमस्टे सञ्चालन गर्दै आएका नवलपरासी, पोखरा, पाल्पाका होमस्टे सञ्चालकहरुसंग अन्तरक्रिया समेत गरिएको छ । अवलोकन टोलीले नवलपरासी जिल्लाको पिप्रहर होमस्टे ग्राममा अन्तरक्रिृया गर्दै पिप्रहर होमस्टे सञ्चालकहरुले प्रस्तुत गरेको सास्कृतिक कार्यक्रमको अवलोकन समेत गरेको छ । गाउँपालिकाको होमस्टे अवलोकन टोलीले नवलपरासी जिल्लाको पिप्रहर होमस्टे ग्राममा अन्तरक्रिया गरेपश्चात राप्ती गाउँपालिकाको तर्फबाट बोल्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गाउँपालिकामा पनि होमस्टे संञ्चालन भए पछि कला संस्कृति आदान प्रदान तथा अवलोकनका लागि पिप्रहर वासीलाई आमन्त्रण गरेका छन् । नवलपरासीको पिप्रहर होमस्टे ग्राममा होमस्टे सञ्चालनमा सुरुमा केही समस्या रहेपनि सबैको साथले आम्दानीको श्रोतको वृद्धि संगै थारु तथा मगर समुदायको कला सस्कृतिको जगेर्ना गर्न आफुहरु सफल भएको होमस्टे सञ्चालक पे्रम बहादुर गुरुङले जानकारी दिएका छन् । राप्ती गाउँपालिकाको होमस्टे सञ्चालन गर्न छनौट गरिएका बगरापुर थारु होमस्टे तथा बगासोती, स्यानीघोस मगर होमस्टे सञ्चालकहरुले विभिन्न स्थानको अवलोकन गरिसकेपछि आफुहरुमा थप हौसला तथा होमस्टे सञ्चालन गर्न ज्ञान शिप प्राप्त भएकोले उत्साहित भएको बताएका छन् । गाउँपालिकाको वडा न. १,२ र ६ को बगरापुर, स्थानिघोष र बगासोतिमा थारु र मगर समुदायको उच्च कला संस्कृति तथा भौगोलिक सुन्दरता रहेकोहुदा यी स्थानहरुमा होमस्टे संञ्चालनको सम्भावना रहेको वडा न. १, र ६ का जनप्रतिनिधि बेद प्रसाद चौधरी र पुर्णजंग रेश्मीको भनाई रहेको छ । गाउँपालिकाको समुन्नत विकासमा टेवा पुराउने उदेश्यका साथ होमस्टे सञ्चालनका लागि अध्ययन अवलोकन भ्रमण गरिएको अवलोकन भ्रमणका संयोजक नारायण राउतले बताए । गाउँपालिकामा रहेका मगर तथा थारु समुदायको संस्कृतिको संरक्षण र सम्ब्रदन गर्दै आर्थीक उपार्जनका लागी होमस्टे सञ्चालक हरुलाई अवलोकन भ्रमण गराईएको र आथीक उपार्जनका लागि होमस्टे सञ्चालन राम्रो माध्यम भएको राप्ती गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख धर्मराज वली बताए ।

गाउँपालिका क्षेत्र भित्र रहेका प्रचुर सम्भावनाको खोजी गर्न अध्ययन अवलोकन भ्रमण उपलब्धीमुलक रहेको भ्रमण टोलीमा सहभागी गाउँपालिकाका राजश्व शाखा प्रमुख रेशम राज अधिकारीको भनाई रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed