जेष्ठ १० घोराही
पद्यमोदय पव्लिक नमुना मध्यामिक विद्यालय भरतपुर दाङको ७२ औँ वार्षिक उत्सव आज एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रकुमार घर्तीको अध्यक्षता तथा संघिय प्रदेस सांसद अर्जुनकुमार श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस अवसरमा विभिन्न अभिभावकहरुले खडा गरेको अक्षयकोषको आधारमा विद्यालयमा पठन पाठनमा उत्कृष्ठ नतिजा ल्याउने छात्र छनत्रालाई पुरस्कार प्रदान गरिएको थियो । साथै विद्यालयको पठन पाठनमा सक्रिय रहने विभिन्न कर्मचारी तथा कर्तव्य निष्ठ कर्मचारीहरुलाई पनि पुरस्कार तथा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक डाः कृष्णराज डिसीले स्वागत तथा विद्यालयको वार्षिक आम्दानी खर्च विवरण सार्वजनीक गर्नुभएको थियो ।
कार्यक्रमा प्रमुख अथिति तथा नगर शिक्षा प्रमुख नारायन पौडेलले पद्यमोदय पव्लिक नमुना मध्यामिक विद्यालय राष्ट्रकै एक सरकारी शैक्षिक धरोहरको रुपमा आफ्नो पहिचानकायम राख्नसकोस भन्ने सुभकामना दिनुभएको थियो । कार्यक्रमको सहजीकारण शिक्षक देवीदत्त शर्मा र देवा पौडेलले गर्नुभएको थियो
Views: 0