ओमप्रकाश गुप्ता
सिसहनियाँ ११ जेठ । पाँच दिने सहकारी नेतृत्व विकास तालिम शुक्रवार राप्ती गाउँपालिका ५ सिसहनियाँमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ दाङको आयोजना एवम् नेपाल सरकार कृषि भुमि व्यवस्था सहकारी मन्त्रालय र विभिन्न सहकारी संस्थाहरुको सहयोगमा तालिम सम्पन्न भएको हो । सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सहकारी संघका जिल्ला कोषाध्यक्ष किरण भण्डारी, जिल्ला बचत संघका सदस्य शिवध्वज मल्ल, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता र सहभागीहरु सिता पौडेल, फर्णाधर ढकाल लगायतका वक्ताहरुले बोलेका थिए । तालिममा सहकारीको अवधारणा, मुल्य मान्यता र सिद्धान्त,सफलताका आधारहरु, ऐन नियम तथा मापदण्ड, नेतृत्व विकास र प्रभावकारी सञ्चार लगायतका विषयमा सिकाइएको थियो । देउखुरी क्षेत्रका २६ वटा सहकारीका अध्यक्ष तथा कर्मचारीहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा डिभिजन सहकारी कार्यालयका प्रमुख विनोद कुमार पौडेल, सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्मा, राष्ट्रिय सहकारी बैङकका प्रवन्र्धक नारायण बेल्वासे, संघका उपाध्यक्ष सेसुराम भण्डारी, सचिव कृष्ण प्रसाद शर्मा, संघका जिल्ला कोषाध्यक्ष किरण भण्डारी, सदस्य यशोक यादव र जिल्ला बचत संघका सदस्य शिवध्वज मल्ल रहेका थिए ।
Views: 0