दाङ देउखुरीलाई प्रदेश नम्बर ५ को शैक्षिकहवको रुपमा विकास गर्छौ ः सांसद थारु

२०७५ जेष्ठ १२, शनिबार १५:४१ गते २०७५ जेष्ठ १२, शनिबार १५:४१ गते २०७५ जेष्ठ १२, शनिबार १५:४१ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १२ जेठ । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित थारुले दाङ देउखुरीलाई प्रदेश नम्बर ५ को शैक्षिकहवको रुपमा विकास गर्ने बताएका छन् । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियाको शनिवार भएको ९ औँ वार्षिक क्याम्पस सभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेको प्रदेश सभा सदस्य थारुले पछिल्लो समय यता शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकार लागि रहेको बताएका छन् । प्रदेशको अस्थायी राजधानी बुटवल भए पछि शैक्षिक क्षेत्रको केन्द्र भने दाङ देउखुरीलाई नै बनाई छाड्ने बताएका छन् । त्यस्तै आर्का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले शैक्षिक गुणस्तरमा सुधार ल्याउन प्रदेश सरकार लागेको बताएका छन् । उनले शिक्षा क्षेत्रमा व्यवहारिक शिक्षा लागु गर्न जरुरी रहेको बताएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुर्यप्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका किरण भण्डारी, नेपाली काग्रेसका दुर्योधन पाण्डे, राजमोका रामकृष्ण आचार्य, राप्रपाका टेकबहादुर गिरी, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने, सरस्वती मावि प्युठान चाभाका प्रअ खेमराज शर्मा, आदर्श नमुना मावि विव्यस अध्यक्ष बुद्धिराम चौधरी, क्याम्पसका संस्थापक उपाध्यक्ष लालमणी शर्मा, सल्लाहाकार डा. गोविन्द प्रसाद घिमिरे, कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाका अध्यक्ष जोहोरमान मियाँ र पत्रकार महेश रिजाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा क्याम्पसलाई सहयोग गर्ने सरस्वती मावि प्युठान चाभा र आदर्श नमुना मावि लालमटियालाई सम्मान समेत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष युवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्याम्पसका साहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *