धुलो नियन्त्रण गर्ने सहमतीमा कालाकाटे गढवा सडक खण्ड सुचारु

२०७५ जेष्ठ १२, शनिबार १५:४९ गते २०७५ जेष्ठ १२, शनिबार १५:४९ गते २०७५ जेष्ठ १२, शनिबार १५:४९ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १२ जेठ । धुलो नियन्त्रण गर्न माग गर्दै शनिवार कालाकाटे गढवा सडक खण्ड ४ घण्टाको लामो बन्द पछि खुलेको छ । सो सडक खण्डमा चल्ने टिप्पर तथा टेक्टरले उडाएको धुलोले आजिद बनेका स्थानीयहरुले आज सडक बन्द गरेका थिए । क्रसर उद्योगबाट गिट्टी, बालुवा लिएर दिनहु चल्ने टिप्पर तथा टेक्टरले धुलो उडाउदा स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै घरको शोभा नै विर्गादै गए पछि बाध्य भएर कालाकाटे, कलौनी र मलमलाका स्थानीयहरुले विहान ८ बजे देखि मध्यान्न १२ बजे सम्म सडक बन्द गरेका थिए । बाटो बन्द भए पछि गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको पहलमा क्रसर उद्योगका सञ्चालक , व्यापारी र स्थानीयबासी बिच भएको छलफलले दिनहु बाटोमा पानी हाल्ने, बाटोमा भएका खाल्डा खुल्डी पुर्ने तथा मर्मत गर्ने, गाडीको स्पीड गती १० के.एम हुनु पर्ने र सो सम्झौता कार्यन्यन नभए पुन आन्दोलन गर्ने सहमती भएको राप्ती उद्योग वाणिज्य संघका कार्यालय प्रमुख तथा स्थानीय सन्तोष कुमार योगीले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *