ओमप्रकाश गुप्ता
भालुवाङ १३ जेठ । सहिद कृष्ण सेन इच्छुकको १६ औ स्मृति दिवस आइतवार भालुवाङमा मनाइएको छ । इच्छुक स्मृती पार्क निमार्ण समितिको आयोजनामा दिवस मनाइएको हो । निमार्ण समितिका अध्यक्ष भिर्माजुन सुवेदीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकले देखाएको बाटो कसैले भुल्न नहुने बताएका थिए । कार्यक्रममा इच्छुकको जिवनी पार्क निमार्ण समितिका सदस्य दामोदर भण्डारीले सुनाएका थिए । सो अवसरमा प्रगतीशिल लेखक संघका केन्द्रिय उपाध्यक्ष पदमप्रसाद शर्मा, केन्द्रिय सदस्य यज्ञबहादुर डाँगी, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, नागरिक समाज देउखुरीका पुर्व अध्यक्ष निमबहादुर थापा, अखिल क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष जानकी दहित, शिक्षाप्रेमी केशवराज खनाल, समाजसेवी तथा बुद्धिजिवी पदम रिजाल,धर्मराज अधिकारी लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रममा साहित्यकार छविलाल कोपिला, जिवराज शर्मा,अब्दुल रोव,शरद शर्मा,कृष्ण गिरी,बिक्रम पाण्डे,रेशम विसी,विरेन्द्र गिरी, विदुर एम.सी लगायतले कविता तथा साहितीक प्रस्तुती राखेका थिए । कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीले धन्यवाद ज्ञापन तथा पार्क निमार्ण समितिका सचिव प्रेमबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार महेश रिजालले गरेका थिए ।
Views: 0