पव्लिक एजुकेशन बोडिङको नायकमा शाही र सहनायकमा पुन विजय

२०७५ जेष्ठ १३, आईतवार १४:१४ गते २०७५ जेष्ठ १३, आईतवार १४:१४ गते २०७५ जेष्ठ १३, आईतवार १४:१४ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १३ जेठ । पव्लिक एजुकेशन बोडिङ स्कुल राप्ती गाउँपालिका २ लालमटियामा विद्यालयकाे नायक तथा सह नायक विच भएको निर्वाचन सम्पन्न भएको छ । विद्यार्थीहरुको हकहितका लागि नायक तथा सहनायक चयन गर्ने विषयमा सहमती नभए पछि निर्वाचन भएको हो । ५ जना विच भएको नायकको निर्वाचनमा १४५ मत सहित शोवितजंग शाही निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्धन्दी विमल केएमले ७१, बसन्त पुनले ४२ अनिल आचार्यले १२ र प्रचण्ड खनालले १० मत मात्र प्राप्त गरेका थिए । त्यसै गरी ५ जना बिच भएको सहनायकमा १६१ मत सहित मिलिना पुन निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी सिमा भण्डारीले ५८, कविता बस्नेतले २६, पुनम चौधरीले १८ र सृष्टि भण्डारीले १३ मत प्राप्त गरेकी थिइन् । कक्षा ६ देखि ९ सम्ममा कुल ३०९ मतदाता रहेकोमा २८६ मत खसेको थियो जसमा २८२ मत सदर भएको थियो भने ४ मत बदर भएको निर्वाचन संयोजक तुलसीराम पौडेलले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *