ओमप्रकाश गुप्ता
भालुवाङ १६ जेठ । देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा चन्द्रबहादुर जिसी निर्विरोध निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा केशवराज खनाल, कोषाध्यक्षमा शिवध्वज मल्ल, र सदस्यहरुमा हनुमान चौधरी, कमला बेल्वासे, माधव आचार्य, सुमित्रा न्यौपाने, सुरज खड्का क्षेत्री र रामप्रसाद चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् । क्याम्पस संचालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख विष्णुप्रसाद भुसाल र वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा पदेन सदस्य रहेका छन् । गत शनिवार सम्पन्न नवौ क्याम्पस सभामा संचालक समिति गठनमा सहमती हुन नसक्दा महेशकुमार शर्मा, महेशचन्द्र रिजाल र रामप्रसाद चौधरी रहेको ३ सदस्यीय निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समितिले कार्यतालिका वनाई आवहान गरिएको निर्वाचन कार्यक्रममा नेकपा प्रक्रियावाट वाहिरिय पछि नेपाली काग्रेस , राजमो, रा प्र.पा. समर्थीत उम्मेदवारहरुले सहमती गरी तीन वर्षिय कार्यकालका लागि निर्विरोध समिति चयन भएको हो ।
Views: 0