ओमप्रकाश गुप्ता
भालुवाङ १९ जेठ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ को नवप्रतिभा आधारभुत विद्यालय पाखापानीमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल युथ क्लवको आयोजनामा कार्यक्रम भएको हो । क्लवका अध्यक्ष रमेश कडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लवले आफ्नो स्थापनाको छोटो समयमै केही महत्वपूर्ण कामहरु गरेको ठहर गरेको छ । साथै आगामी कार्ययोजनाहरुको तर्जुमा समेत गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा क्लव दर्ताका लागि रमेश कंडेको अध्यक्षतामा १५ सदस्यीय तदर्श समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पवित्रा विक,सचिवमा सुमन ज्ञवाली, सहसचिवमा पवन आचार्य, कोषाध्यक्षमा चन्द्रमणी ज्ञवाली र सदस्यहरुमा विष्णु सुवेदी, हेमराज अधिकारी,सुशिला आचार्य, मालती गौतम, अविनाश बस्नेत, सुर्वणशमसेर आर.सी, ओमप्रकाश गुप्ता, अशोक बेल्वासे र विन्दु गिरी रहेका छन् । त्यसै गरी कार्यक्रमले माधव बेल्वासे, सन्तोष कुमार गुप्ता, खुवीराम पौडेल र विदुर एम.सीलाई सल्लाहाकरमा चयन गरेको छ । भने क्लवको प्रेस संयोजकको जिम्मेवारी ओमप्रकाश गुप्तालाई तोकेको छ । कार्यक्रममा उज्यालो भविष्य शिक्षा सदनका सञ्चालक माधव बेल्वासे, देउखुरी भ्याली बोडिङ स्कुलका शिक्षक खुवीराम पौडेल, न्यु डान्स क्रियसनका संयोजक आशिष न्यौपाने, देउखुरी टुडेका प्रकाशक सम्पादक सन्तोषकुमार गुप्ता, प्रदेश टुडेका विदुर एम.सी र रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले बोलेका थिए । क्लवकी उपाध्यक्ष पवित्रा विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन क्लवका सदस्य अशोक बेल्बासेले गरेका थिए ।
Views: 0