देउखुरीका १२ वटा सामुदायिक वनमा पानी पोखरी निर्माण

२०७५ जेष्ठ २०, आईतवार १५:४६ गते २०७५ जेष्ठ २०, आईतवार १५:४६ गते २०७५ जेष्ठ २०, आईतवार १५:४६ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २० जेठ । देउखुरीका १२ वटा सामुदायिक वनमा पानी पोखरी निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । प्रचण्ड गर्मीसँगै जङ्गलमा रहेका जनावरहरू अकलमै मृत्यु हुन थालेपछि यस्तो कार्य अगाडि बढाइएको हो । जसका लागि जिल्ला भू–संरक्षण कार्य दाङले ५ वटा र नर्ती समन्वय समितिले ७ वटा पानी पोखरी निर्माण गरेका हुन् । जसका लागि भू–संरक्षणले प्रत्येक पोखरी निर्माणका लागि ४ लाख र समन्वय समिति पोखरीको क्षेत्र हेरी २ लाखदेखि साढे ५ लाखसम्म रकम दिएको समन्वय समितिले जनाएको छ । उता चप्परखोलामा निर्माण कार्य सम्पन्न भएको पोखरी वर्षाका कारण वाल भत्किएको छ । जसका कारण समितिलाई आर्थिक जोहो गर्न समस्या भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *