ओमप्रकाश गुप्ता
भालुवाङ ३० जेठ । मुक्तकमैया, कमलरी तथा आदिवासी जनजातिहरुको सिप तथा क्षमता अभिबृद्वि गर्ने उदेश्यले राप्ती गाउँपालिकाको आयोजनमा दुई स्थानमा ३० दिने बुटिक कडाई तालिम पिपरीमा सुरु गरिएको छ । बुटिक कडाई तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गाउँपालिका सदैव नागरिकहरुलाई सिप क्षमता अभिबृद्वि गर्न लागि रहेको र नागरिकले तालिमको सहि सदुपयोग गर्दै ज्ञान हासिल गर्नु आवश्यक रहेको र स्वरोजगार बन्न प्रेरित हुनुपर्ने आवश्यक रहेको बताएका छन् । मुक्तकमैयाहरु,कमलरी तथा आदिवासी जनजातिहरुकाहरुको सिप तथा क्षमता अभिबृद्वि गरी आयआर्जन बढाउने उदेश्यका साथ रोजगारी सृजना गर्ने उदेश्यका साथ राप्ती गाउँपालिका वडा नम्बर ८ मा तालिम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् । सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालको विशिष्ट आतिथ्यतामा तालिम सुरु भएको हो ।
Views: 0