देवीकोटमा बाख्रापालन तालिम

२०७५ जेष्ठ ३०, बुधबार १५:५६ गते २०७५ जेष्ठ ३०, बुधबार १५:५६ गते २०७५ जेष्ठ ३०, बुधबार १५:५६ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ३० जेठ । तिन दिने बाख्रापालन तालिम बुधवार देखि देविकोटमा सुरु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ९ को आयोजनामा तालिम सुरु भएको हो ।
वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको अध्यक्षता तथा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा वोल्दै उपाध्यक्ष चौधरीले हाम्रो जस्तो कृषि तथा पशुपालनमा राम्रो मानिने ठाउँमा कृषकहरुलाई ब्यवसायीक प्रविधि तथा ज्ञानको कमीले कृषकले उन्नती तथा प्रगती गर्न नसकेको हुँदा गाउँपालिकाले नागरिकलाई कृषि तथा पशुपालनमा लाभ पुग्ने गरी तालिम तथा ज्ञानका लागि तालिम सुरु गरेको हुँदा भरपुर्ण लाभ लिन सहभागीलाई आग्रह गरेकी छिन् । २० जना सहभागी रहेको बाख्रापालन तालिममा बाख्रा पालनका तरिका,े रोग तथा बचाउने उपाय, उन्नत बाख्रापालनका तरिका दाना,घाँस खुवाउने तरिकाका वारे पशु प्राविधिक प्रदिप चौधरीले प्रशिक्षण दिएका छन् । तालिम पश्चात सहभागीहरुलाई बाख्रालाई रोगबाट बचाउने औषधी तथा घाँसका विउ वितरण गर्ने कार्यक्रम रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *