गढवामा स्थानीय र प्रहरी बिच झडप हुँदा दिनभर जसो गढवा बजार तनावग्रस्त

२०७५ असार १, शुक्रबार १५:३५ गते २०७५ असार १, शुक्रबार १५:३५ गते २०७५ असार १, शुक्रबार १५:३५ गते

शिबराज पन्थी
गढवा १ असार  । देउखुरीको गढवामा शुक्रवार स्थानीय र प्रहरी बिच झडप हुँदा दिनभरजसो गढवा बजार तनावग्रस्त भएको छ । बलत्कारको आरोपमा एक स्थानीय युवा भरत प्रताप यादवलाई प्रहरीले मुद्दा लगाउन खोजेको भन्दै स्थानीयहरुले शुक्रवार दिनभर ईलाका प्रहरी कार्यालय गढवाको अगाडी नाराबाजी र ढुंगाप्रहार समेत गरेका थिए ।

स्थानीयहरुले प्रहरी कार्यालय घेराउ गरेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । बलत्कारको आरोप लगाउन खोजिएका यादव र स्थानीय एक युवती बिच ४ महिना अघिदेखि प्रेम सम्वन्ध रहेको र उनिहरु घरबाट भागेर बाहिर समेत गएकोे पारिवारीक श्रोतले बताएको छ । स्थानीय र प्रहरी विच भएको झडपमा ३ जना प्रहरी र ८ जना स्थानीय घाईते भएको बताईएको छ ।

घाईते हुने प्रहरीहरुमा कमल किशोर आचार्य, दौलत सिंह बुढाल र टोपबहादुर महरा रहेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । स्थानीयले प्रहरी कार्यालय घेराउ गरि नाराबाजी गर्न थालेपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख सहितको शुरक्षा टोली तथा जिल्ला प्रहरी कार्यालय बाट समेत शुरक्षा टोली आएपछि भिड नियन्त्रण भएको थियो ।

घटनाको बारेमा थप अनुसन्धान गर्न आरोपि सहित दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा लगिएको प्रहरीले बताएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *