जग्गा विषयमा महिला माथि कुटपिट गर्ने दोषीलाई कारवाहीको माग

२०७५ असार १, शुक्रबार १५:४८ गते २०७५ असार १, शुक्रबार १५:४८ गते २०७५ असार १, शुक्रबार १५:४८ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १ असार । दाङको भालुबाङमा एक महिलालाई निर्वस्त्र पारी निर्घात कुटपिट गरेको घटनाप्रति नागरिक समाज देउखुरीले घोर भत्सर्ना गर्दै कुटपिटमा संलग्नलाई कडा कारबाही गर्न जोडदार माग गरेको छ । समाजका संयोजक दामोदर भण्डारी र सचिव प्रकाश खनालले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गरी कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै आफ्नो जग्गा बेच्दैन भनेकै भरमा अर्घाखाँची सितगंगा निबासी दिलमाया पुनलाई शरीरमा लगाएको कपडा च्यातेर निर्वस्त्र पारी निर्घात कुटपिट गर्ने भालुबाङका अनिता गुप्ता र रेखा गुप्तालाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ । अस्मितामाथि खेलवाड गर्दै अमानवीय रुपले कुटपिट गरिएको गम्भीर प्रकृतिको घटनालाई पनि प्रहरीले सामान्य रुपमा मिलापत्र गराउनु कमजोरी हुने भन्दै घटनाको सत्य तथ्य छानबिन गरी पिडित पक्षले न्याय दिलाउन र दोषी दुबैजनालाई कडा कारबाहीको माग गर्दछौं विज्ञप्तीमा भनिएको छ । मिटर ब्याजका कारण कुटपिटमा संलग्न गुप्ताले दिलमायाको दिदी भिनाजूको जग्गा सस्तो फुत्काएकाले सोही किसिमले दिलमायाबाट पनि खोस्न चाहेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *