डान्स आइकन नेपालको टाईटल प्रायोजन कला प्रेमिअभियान बस्नेतले गर्ने

२०७५ असार ४, सोमबार १२:३७ गते २०७५ असार ४, सोमबार १२:३७ गते २०७५ असार ४, सोमबार १२:३७ गते

सागर थापा, दाङ असार ४ राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम डान्स आइकन नेपाल (डिआइएन) सिजन ३ को टाइटल प्रायोजन कलाप्रेमि तथा युवा व्यवसायी अभियान बस्नेतले गर्नुृहुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर निबासी बस्नेत रियल स्टेट जिनेस म्यान हुनुहुन्छ । “नृत्य क्षेत्रको सानो योगदान गर्न पाउँदा खुसी छु” बस्नेतले भन्नुभयो । बस्नेत नारायणपुर उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष तथा विभिन्न संघसंस्थाहरुमा आबद्ध हुनुहुन्छ ।

डान्स आइकन दाङ (डिआइडी) का दुईवटा संस्करणहरु सफलतापुर्वक सम्पन्न गरीसकेपछि तेश्रो संस्करणका लागि बस्नेतले टाइटल प्रायोजन गर्नलाग्नुभएको कलासंस्कृतिको उन्नयनमा समर्पीत डिटेन एन्टरटेन्मेन्ट प्रा.लिका अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । मोफसलका कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्दे केन्द्रिय स्तरको स्टेज प्रदान गर्ने उद्धेस्यले दाङ जिल्लालाई आधारबनाएर आयोजना गरिएको नृत्य बिद्याको प्रतिस्पर्धात्मक प्रतियोगितालाई राप्ति ग्याँस उद्योगका उद्योगपति कलाप्रेमि खड्ग बुढाथोकि, पिएमपि पोल्ट्रिफर्म तथा फ्रेस हाउसका प्रोपराईटर तथा कलाप्रेमि पोषणनाथ योगी,गौरीशंकर ओभरसीज दाङ साखाका प्रमुख यादव शैघाली, कलाप्रेमी सन्तोष भण्डारी ले स्पोन्सर गर्नुभएको आयोजकले जनाएको छ ।
केन्द्रिय तथा स्थानीय टेलिभिजनहरुबाट प्रशारण गरीने रियालिटि शो को अडिसन राउण्ड चलिरहेको आयोजकले जनाएको छ । प्युठानबाट सुरुभएको अडिसन महेन्द्र नगरमा गएर समापन गरिने छ । प्रत्येक जिल्ला बाट कम्तििमा पनि एक जनाको प्रतिनिधित्व सुनिस्चित रहने गरी चाँजोपाँजो मिलाईएको देवकोटाले बताउनुभयो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *