शिवु खनाल
लमही १० असार । लमही नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आइतवार सार्वजनिक गरेको छ । तेस्रो नगर सभा अबिधेशनको आयोजना गरि उसले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरप्रमुख कुलबहादुर केसीले नगर सफा राख्न प्लाष्टिक जन्य कप, गिलास र प्लेटको पूर्ण प्रतिवन्ध लगाउने योजना सुनाएका छन् । उनले चालु आर्थिक वर्षमा ३ करोड राजश्व संकलन भएको जनकारी दिएका छन् । लमही नगरलाई ‘हाम्रो नगर, राम्रो नगर र खुसी नगरबासी, सुन्दर नगर’ निर्माण गर्न भौतिक पूर्वाधार निर्माणमा जोड दिने बताएका छन् । उनले नगरलाई इमेल इन्टरनेटको पहुँच विस्तार गरि सबै वडाहरुमा समान रुपमा विकास गरिने बताएका छन् । विभिन्न एक सय बढी बुदामा प्रस्तुत निति कार्यक्रममा समाजका बिभिन्न अंगहरु सँग जोडिएका र सरोकार राख्ने क्षेत्रहरुलाई सम्बोधन गरिएको छ ।
Views: 0