ओमप्रकाश गुप्ता
लमही १३ असार । देउखुरीको लमहीमा सुरक्षामा न्यायको पहुँच विषयक २ दिने पत्रकारीता तालिम बुधवार देखि सुरु भएको छ । नेपाल पत्रकार महासघं दाङ शाखाको आयोजना एवम् सर्चफर कमनग्राउण्डको सहयोगमा तालिम सुरु भएको हो । नेपाल पत्रकार महासघं दाङ शाखाका उपाध्यक्ष लिला शाहको अध्यक्षता एवम् महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै महासघंका केन्द्रिय उपाध्यक्ष पोख्रेलले व्यवहारीक रुपमा नागरिकको पहुँच पु¥याउने उद्देश्यले पत्रकारीता गर्नुपर्ने बताए । उनले शान्ति स्थापनाको लागि विषय बस्तुलाई केलाएर मात्र पत्रकारीता गर्न आग्रह समेत गरेका थिए । साथै उनले अदालतबाट नपाएको न्याय पत्रकारीताबाट पाउने समेत बताए । २ दिन सम्म चल्ने तालिममा देउखुरी क्षेत्रका विभिन्न सञ्चारमाध्यममा आवद्ध २५ जना पत्रकारहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासघंका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल,सर्चफर कमन ग्राउण्डका जिल्ला संयोजक राजेन्द्र अधिकारी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक अरुणकुमार सिंह र मिडिया म्यानेजर प्रकाश लुइटेल रहेका छन् । तालिम विहिवार सम्म चल्ने छ ।
Views: 0