दिपक वली
असार १५ घोराही
देउखुरी मोबाइल संघले आज एक कार्यक्रम गरी देउखुरीको लमहीमा आउने यात्रुहरुलाई निशुल्क पानि खाने ब्यबस्था गरेको छ । लमहीमा अबस्थित गोलघर अगाडि सर्बसाधारण तथा यात्रुहरुलाई आज एक दिने निशुल्क पानि खुवाउने ब्यबस्था गरेको हो संघका महासचिव राजेश कुमार गुप्ताले बताउनुभयो ।
पानि नै मानिसको जिवनमा नभै नहुने सबैभन्दा महत्वपुर्ण हुने भएकाले आजभोलि यो गर्मि मौसममा त्यस ठाँउका सर्वसाधारण लाई केही राहत महसुस गराउने उद्धेश्यले उत्त कार्यक्रम आयोजना गरेको पनि महासचिव गुप्ताले जानकारी दिनुभयो ।
बजार क्षेत्रको कुनै पनि सार्वजनिक ठाँउमा शुद्ध पिउने पानि नभएकाले स्थिानिय सरकारको पनि यो कुरा प्रति ध्यान जाओस र यो ठाँउमा पिउने पानिको ब्यबस्था गरीयोस भन्ने हेतुले पनि शुद्ध पानि खुवाउने कार्यक्रम गरीएको देउखुरी मोबाइल संघका अध्यक्ष जागेस्वर बस्यालले बताउनु भयो
करीब करीब २००० जना यात्रुलाई पानि खुवाउने उद्धेश्य रहेको उक्त कार्यक्रमको संयोजकको भुमिका कमल गुप्ताले गर्नभएको छ भने पानि सौजन्य देउखुरी ड्रिङकिङ वाटर सप्लायर्स ले गरेको छ भने टेन्ट सौजन्य आर एस टेन्ट हाउसले गरेको छ । यसैगरी चिनि सौजन्य गौरव किराना पसल,मसला (टेकंं) सौजन्य न्यु नेहा जनरल स्टोर ,ब्यानर सौजन्य भुसाल क्यासेट सेन्टरले गरेको छ ।
सम्पुर्ण सौजन्य कर्ताहरुलाई देउखुरी मोबाइल संघका अध्यक्ष जागेस्वर बस्याल लगायत समपुर्ण मोबाइल संघले धन्यबाद ज्ञापन गरेको छ । सघंका अध्यक्ष जागेस्वर बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासचिव राजेस कुमार गुप्ताले गर्नु भएको थियो ।
Views: 0