लमही नगरपालिकाको नगरसभा बैठक वडा अध्यक्ष र सदस्यद्धारा बहिस्कार

२०७५ असार १७, आईतवार १४:०३ गते २०७५ असार १७, आईतवार १४:०३ गते २०७५ असार १७, आईतवार १४:०३ गते

ओमप्रकाश गुप्ता
लमही १७ असार । लमही नगरपालिकाको आइतवारको नगरसभा बैठक वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका छन् । नियमानुसार पुर्वाधार बिकास शाखा तथा लक्षित बर्गको कार्यक्रम नगरपालिका बैठकमा छलफल भई टुङगो नलाग्दा सम्म नगरसभा बैठक बहिस्कार गरेका हुन् । नगरकार्यपालिकामा व्यापक छलफल गर्नु पर्ने र तत्पश्चात नगरसभामा निर्णयका लागि पेश गर्नु पर्नेमा सो नभएकोले सभामा भाग नलिएकोे वडा नम्बर ६ का वडा अध्यक्ष गणेशमान चौधरीले जानकारी दिए छन् । नगर सभामा लगभग दुई तिहाइ भन्दा बढी सदस्यले भाग नलिएको अधिकांस जनप्रतिनिधिले प्रतिक्रिया दिएका छन् । वडा नम्बर ८ का अध्यक्ष मेघनारायण चौधरीको अध्यक्षतामा बैठक बसी ज्ञापनपत्र समेत बुझाइ नगरसभा नगरसभाबाट वाहिरिएका हुन् । वडा नम्बर ५ का वडा अध्यक्ष विमबहादुर केसी बाहेक अन्य वडा अध्यक्ष र ७ जना कार्यपालिका सदस्यले नगरसभामा भाग नलिने भन्दै हस्ताक्षर गरेको लिखित दस्तावेज सार्वजनिक गरेका छन् । नगरसभा बहिस्कार गर्नेहरुमा वडा नम्वर १ का वडा अध्यक्ष नुमराज पौडेल, २ का वडा अध्यक्ष नेपालु चौधरी, वडा नम्वर ३ का अध्यक्ष बावुराम चौधरी, वडा नम्वर ४ का अध्यक्ष सुवास न्यौपाने, वडा नम्वर ६ का वडा अध्यक्ष गणेशमान चौधरी, वडा नम्बर ७ का अध्यक्ष मोहन गिरी, वडा नम्बर ८ का मेघनारायण चौधरी, ९ का अध्यक्ष भेषबहादुर केसी(रमेश) रहेका छन् । यस्तै कार्यपालिका सदस्य नारायणी खड्का, राधा केसी, सुनिता चौधरी, वमबहादुर विश्वकर्मा, ठगे नेपाली र रमेश कुमाल रहेका छन् ।

असार १० गतेको नगरसभामा नगरप्रमुख कुलबहादुर केसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । साथै उपप्रमुख देवका वेल्वासेले ५५ करोड बढिको बजेट प्रस्तुत गरेकी थिईन् । तर, बजेट प्रस्तुत बारे सार्वजनिक गरिएको थिएन् । यता नगरप्रमुख कुलबहादुर केसीले कार्यपालिका वैठकबाट पारित नभएका विषयहरु नगरसभामा नलगिएको भन्दै सवै विषय छलफल र संवादबाट टुंगो लाग्ने बताएका छन् ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *