राप्ती गाउँपालिका ७ मा मछुवार समुह गठन

२०७५ असार १७, आईतवार १४:२९ गते २०७५ असार १७, आईतवार १४:२९ गते २०७५ असार १७, आईतवार १४:२९ गते

ओमप्रकाश गुप्ता
सिसहनियाँ १७ असार । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ का मछुवार समुदायको भेला आइतवार वडा कार्यालय सिसहनियाँमा सम्पन्न भएको छ । पानी परियोजना अन्र्तगत मानवकल्याण वातावरण संरक्षण केन्द्र दाङको आयोजनामा मछुवारहरुको भेला सम्पन्न भएको हो । माछा संरक्षण तथा सम्वर्धनका लागि भएको भेलाले चैनकुमारी चौधरीको अध्यक्षतामा २० सदस्यीय बाम माछा संरक्षण सम्वर्धन समुह गठन गरिएको छ । जसको उपाध्यक्षतामा मुन्ना चौधरी, सचिवमा सुशिला चौधरी, कोषाध्यक्षमा रामकला चौधरी रहेका छन् । त्यसै गरी सदस्यहरुमा कमला चौधरी,फन्ती चौधरी,झुकली चौधरी,कुल्फी चौधरी,ममता चौधरी,रिना चौधरी,चन्द्री चौधरी,माया चौधरी,मिश्री चौधरी,हुमा चौधरी,चिन्तोली चौधरी,रोइनी चौधरी,राजकुमारी चौधरी, रामपती चौधरी लगायत रहेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता एवम् गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, वडा नम्बर ७ का वडा सदस्य भिमलाल चौधरी, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपी घिमिरे,जिल्ला भुमि अधिकार मञ्च दाङका रेमन्त चौधरी, समाजसेवी तथा बुद्धिजिवी पाटेश्वरी प्रसाद चौधरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केन्द्रका कार्यकारी निर्देशक श्रीमन न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पानी परियोजनाका कार्यक्रम व्यवस्थापक प्रदिप मज्गैयाले गरेका थिए भने कार्यक्रमको सञ्चालन राममोती चौधरीले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *