भारी वर्षाका कारण देउखुरी जलमग्न

२०७५ असार १८, सोमबार ०६:५१ गते २०७५ असार १८, सोमबार ०६:५१ गते २०७५ असार १८, सोमबार ०६:५१ गते

ओमप्रकाश गुप्ता
देउखुरी १८ असार । गए राती देखि परेको अविरल वर्षाका कारण देउखुरी जलमग्न भएको छ । पूर्व–पश्चिम राजमार्ग आसपासका बस्ती तथा नदी किनारका बस्ती जलमग्न भएका हुन् । पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नम्बर ६ खैरी निवासी सुदन खनालले बताए । घरहरुमा पानी पसेको छ’ उनले भने ‘घर भित्रका सामान जोगाउन मुस्किल परेको छ ।’ पानी परिरहेकाले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराईले अनुरोध गरेका छन् । ‘पानी धेरै परेकाले डुबानको खतरा छ । सबैलाई अनुरोध छ सतर्क रहनुहोस्’ उनले भने ‘सुरक्षित स्थानमा रहन सबैमा अनुरोध छ ।’ दाङ जिल्ला बाढीको उच्च जोखिममा पर्ने जिल्ला हो । राप्ती, बबई र अन्य नदी तथा खोलाका कारण डुबानको खतरा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिममा राखिएको छ । त्यसबाट करिब १ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमानसहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए । बाढीको उच्च जोखिम क्षेत्रमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका तीन दर्जन वडालाई तोकिएको छ’ उनले भने ‘बाढीको मध्यम जोखिम क्षेत्रहरुमा तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिकाका नदी आसपासका वडाहरुलाई तोकिएको छ । जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामग्रीसहित एक÷एक वटा रवर बोट र खोज उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *