दाङ असार २५
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसिले दुई तिहाइको वलियो सरकारले सुसासन र भ्रष्टाचार नियन्त्रण गर्न नसकेर जनतामा निराशा थप्दै गएमा मुलुकमा राजसंस्था ब्युतने खतरा रहेको बताएका छन् ।
आज दाङको घोराहीमा प्रगतिशिल पत्रकार संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै अध्यक्ष केसिले जनताले सुसासन र देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण खोजेको र जनताको त्यो भन्दा ठुलो आशा केही नरहेको बताए । उनले दुई तिहाइको वलियो सरकारवाट जनताको ठुलो आशा रहेको भएतापनि खासै केही प्रभावकारी कदम नदेखीएको बताउदै यदि जनतामा सरकार भएको महसुस नभए मुलुकमा फेरी राजसंस्था ब्युतने वा अध्यारो सुरुङर्फ लैजाने खेल हुने पनि धारणा राखे । ‘जनताले सुसासन, भ्रष्टाचार नियन्त्रण होस भन्ने चाहेका छन्, अरु ठुलो जनताको माग केही छैन, अझ त्यसमा पनि वलियो दुई तिहाइको सरकारले केही गर्न सकेन भने जनतामा ठुलो निराशा छाउछ–पुर्व उपप्रधान तथा गरीवि निवारण मन्त्रिसमेत रहेका केसिले भने–‘यदि जनतामा यि सबै कुरा नहुने हो भने मुलुकमा राजसंस्था ब्युतदैन वा अध्यारो सुरुङतर्फ देश लैजाने खेल हुन सक्ने एकदमै खतरा छ ।’
जनताले शिक्षा र स्वास्थ्य राज्यले जिम्मा लियोस भन्ने चाहना ब्यक्त गरेको भएता पनि संविधानमा लेखीएको समाजवाद उन्मुख अनुसारको वर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले बजेट तथा निति कार्यक्रम केही नल्याएको उनले राखे । अघिल्ला सरकारले गरेका क्रीयाकलाप, ब्यवहारलाई नै वर्तमान ओलि सरकारले निरन्तरता दीएकाले यो सरकारले जनतावाट पाएको म्यान्डेट अनुसार काम गरीहाल्ला भनेर अहीले नै भन्न नसकिने केसिले बताए । संघियता मुलुकले धान्न सक्दैन भनेर विगतदेखी संसद र सडकवाट जनमोर्चाले आवाज उठाउदै आएको भन्दै नेता केसिले भित्रभित्रै ठुला पार्टिलाई जनमोर्चाले संघियता ठिक हैन भन्ने कुरा महसुस गरेपनि ब्यावहारीकरुपमा त्यसो भन्न नसकेको टिप्पणि गरे । संघियताकै कारण गणतन्त्र र धर्म निरपेक्षता धरापमा पर्ने सम्भावना रहेको भन्दै संघियतालाई मुलुकवाट नफालेर वोकेर हिडेमा मुलुकले निकास नपाउने उनको तर्क छ । संघियताले मुलुकमा आर्थिक भार बढाएको उल्लेख गर्दै संघियता मुलुककै लागि घातक रहेको समेत उनको भनाई छ ।
उनले डा। गोविन्द केसिको अनसनप्रति ऐक्यवद्धता जनाउदै वर्तमान सरकारले ब्यवसायिहरुको माग अनुसारको चिकित्सा विधेयक ल्याउन खोजेको आरोप लगाए । सांसद र मन्त्रिहरुको लगानिमा खुलेका ठुला–ठुला मेडिकल कलेजलाई विधेयक ल्याएर संरक्षण गर्ने काम राज्यवाट भइरहेको भन्दै यस प्रकारका हर्कतले सरकार झनै नाङ्गिएर जाने पनि केसिले चेतावानि दिए । उनले केसिले उठाएका सबै माग जायज रहेको भन्दै उनको जिवन रक्षाका लागि पहल गर्न सरकारसंग अपिल गरेका छन् । उनले आफु उपप्रधान तथा गरीवि निवारण मन्त्रि भएको वेला सहकारी ऐन ल्याउन खोज्दा सहकारी माफीयाहरुले निकै अवरोध गर्ने गरेको अनुभव सुनाउदै गलत तत्ववाट सरकार सचेत हुनुपर्ने विचार ब्यक्त गरे । प्रगतिशिल पत्रकार संगठनका जिल्ला अध्यक्ष महेश रिजालको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो
Views: 0