भालुवाङ क्षेत्रलाई प्रवेशद्धार नाकाको रुपमा विकास गर्नेः मुख्यमन्त्री पोख्रेल

२०७५ असार ३०, शनिबार ०३:२६ गते २०७५ असार ३०, शनिबार ०३:२६ गते २०७५ असार ३०, शनिबार ०३:२६ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ३० असार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भालुवाङ क्षेत्रलाई प्रवेशद्धार नाकाको रुपमा विकास गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टील शुक्रवार पाखापानीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । मुख्यमन्त्री पोख्रेलले सामाजिक संजालमा बाम सरकारको बिरूद्ध गरिएको गलत प्रचार प्रसारका बिरूद्ध कडा रूपमा लाग्न कार्यकर्तालाई निर्देशन । साथै मुख्यमन्त्री पोख्रेलले दाङ राजधानी संग मुख्यमन्त्री पद साट्नु भएको हो भन्ने आम दाङबासीको आरोप छ नी भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री पोख्रेलले पत्रकार जस्तो व्यक्तिले यस्तो प्रश्न राख्ने नमिल्ने भन्दै उल्टै खनिए । तपाईले मेरो पदको बदनाम गर्ने उद्देश्यले यस्तो प्रश्न राखेको आरोप समेत लगाएका छन् । यसै बिच उनले अहिले प्रदेश सरकारले ल्याएको बजेट जनताका लागि चिक्त बुझदो रहेको समेत बताएका छन् । सो अवरसरमा प्रदेश सांसद इन्द्रजित थारुले पनि बोलेका थिए । कार्यक्रमको सञ्चालन सुर्यप्रकाश शर्माले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *