सांसद मेटमणि चौधरीले पर्यटन मन्त्रि रविन्द्र अधिकारीलाई भेटेर भने–‘तुरुन्त दाङको टरीगाँउ विमानस्थल सञ्चालन गर्नुहोस’
घोराही ४ श्रावन
प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले दाङको तुलसिपुरमा रहेको पुरानो टरीगाँउ विमानस्थल तत्काल सञ्चालन ल्याउन माग गर्दै पर्यटन मन्त्रि रविन्द्र अधिकारीको ध्यानाकर्षण गराएका छन् । पर्यटन मन्त्रि अधिकारीलाई भेट्न पुगेका सांसद चौधरीले दाङको पुरानो विमानस्थल टरीगाँउको विस्तार गरेर तुरुन्तै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताए । २०११ सालदेखि सञ्चालनमा रहेको उक्र विमानस्थल हाल गौचरणमा परीणत भएको भन्दै पर्यटनमन्त्रि अधिकारीलाई विमानस्थल सञ्चालन गर्नतर्फ चासो ब्यक्त गरीदिन आग्रह गरे ।
भेटमा पर्यटनमन्त्रि अधिकारीले साउनको दोस्रो हप्ताभित्र आफुसहीत प्राविधिक टोलि विमानस्थल अध्ययनका लागि आउने आश्वासन दिएको सांसद चौधरीले जानकारी दिए । उनले दाङको विमानस्थल अवलोकनका लागि प्रधानमन्त्रि केपि शर्मा ओलिले पनि चासो दिएको र प्रधानमन्त्री आउने भएमा साउन २० गतेको सेरोफेरोमा दाङ, जुम्ला र नेपालगञ्जको विमानस्थल अवलोकन गर्ने गरी कार्यक्रम तय हुने बताए । भेटमा सम्भाब्यता अध्ययन टोलिले दिएको प्रतिवेदन पर्यटनमन्त्रि अधिकारीलाई बुझाएको जानकारी दिएका चौधरीले दाङको विमानस्थल लगायत पयर्टकिय स्थलको वारेमा मन्त्री अधिकारीले गहीरो चासो ब्यक्त गरेको र अध्ययन र निरिक्षणको क्रममा मन्त्रिसहीतको टोलिले लमहि नगरपालिका स्थित बगारबाबा धार्मिक स्थलको समेत अवलोकन गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।
म्याच फीक्सीङ गरेर बजेट हाल्ने मन्त्रिलाई जेल हाल्नुपर्छ भनेर होस या अनसनरत डा. गोविन्द केसिलाई को हुन, मैले चिन्दैन भनेर अभिब्यक्ती दिएर चर्चामा आएका नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य मेटमणिले दाङमा बनाउने भनिएको बैकल्पीक विमानस्थल कुनै पनि हालतमा नवन्ने दावि गरेका छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका चौधरीले तुलसिपुरमा दाङसहीत राप्तिकै पुरानो विमानस्थल टरीगाँउ भएको भन्दै यसलाई विस्तार गर्दै लैजानुपर्ने विचार ब्यक्त गरे । दाङमा बैकल्पिक विमानस्थल बन्ने सम्भावना नै नरहेको भन्दै टरीगाँउ विमानस्थललाई स्तरोन्नती गर्ने आफुहरुको योजना रहेको चौधरीले सुनाए । सरकारले निति तथा बजेट कार्यक्रममा दाङमा बैकल्पिक विमानस्थल बनाउने भनेर राखेपनि त्यो सम्भव नरहेको उनले विचार ब्यक्त गरे । दाङमा बैकल्पीक विमानस्थल भनेर हालेको मात्रै बजेट नछुट्याएकाले यो सम्भावना नरहेको स्पष्ट रहेको चौधरीले बताए । उनले आफ्नै शब्दमा भने–हाम्रो जोड टरीगाँउ विमानस्थललाई स्तरोन्नती गरेर हुन्छकि वा विस्तार गरेर हुन्छ, त्यसैलाई चलाउने सोच बनाका छौ, सोही योजना वमोजिम मन्त्रिदेखी प्रधानमन्त्रिलाई दवाव समेत दिएका छौ, केही समयपछि प्राविधिक विज्ञसहीतको टोलिले टरीगाँउ विमानस्थलको विस्तारका लागि अवलोकन गर्न आउने छ, त्यसमा सकभर प्रधानमन्त्रि, मन्त्रि र विज्ञहरुको टोलि दाङ आउने कार्यक्रम छ–सांसद चौधरीले भने
बैकल्पिक विमानस्थल बन्ने सम्भावना नरहेको आफुलाई बजेटको निति तथा कार्यक्रममा आएपछि सुरुमै थाहा पाएको भन्दै सांसद चौधरीले भने–‘बैकल्पीक विमानस्थल बन्ने भनिएको खैरा वा नारायणपुर क्षेत्रमा हुन्न, का होला , त्यो हुदैन, वेकारका कुरा हुन, पैसा हालेको छैन, त्यस्तै भन्देको त भैगो, दाङमा केही थिएन पहिले, के राख्दीम भनेर राखेको त भैगो नि ?’
‘
Views: 0