मैत्रिपुर्ण फुटबल प्रतियोगिता इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराही बिजयि

२०७५ श्रावण ५, शनिबार ११:५८ गते २०७५ श्रावण ५, शनिबार ११:५८ गते २०७५ श्रावण ५, शनिबार ११:५८ गते

दिपक वली

घोराही ५ श्रावन

घोराहीमा भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराही बिजयि भएको हो । आज दाङको घोराही स्थित भरतपुर मैदानमा इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराहीको स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ परीचयात्मक स्वरुप देउखुरी मोबाइल संघ र इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराही बिच उक्त फुटबल प्रतियोगिता आयोजना गरीएको थियो । उक्त प्रतियोगितामा २ गोलको बिरुद्धमा ३ गोल गरी इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराही बिजयि भएको हो । प्रतियोगिताको पहिलो हापको ४० औ मिनेटमा इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराहीको तर्फबाट माधब नेपालीले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हापको छैटौ मिनेटमा बिनोद पुनले थप एक गरेका थिय ।

त्यसैगरी दोस्रो हापकै ३० औ मिनेटमा देउखुरी मोबाइल संघको तर्फबाट भागिराम चौधरीले एक गोल फर्काएका थिय भने दोस्रो हापकै ३६ औ मिनेटमा देउखुरी मोबाइल संघकै तर्फबाट राजन चौधरीले थप एक गोल गरी आफ्नो टिमलाई बराबरीमा ल्याएका थिए । तर खेलको दोस्रो हापमा देउखुरी मोबाइल संघले आफ्नै गोल पोष्टमा आत्मघाति गोल गर्दै इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराहीलाई बिजयि बनाएको हो । आज खेल संगै दुई समुहको पिक्निक कार्यक्रम पनि भएको अध्यक्ष दिपक पान्डेले जानकारी दिनुभयो । इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराहीका अध्यक्ष दिपक पान्डेको अध्यक्षतामा र पत्रकार महासंघ दाङका कोषाध्यक्ष तथा एभिन्युज टेलिभिजनका पत्रकार आर के शितल , पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य तथा गोरक्ष राष्ट्रिय दैनिक पत्रिकामा आबद्ध पत्रकार लिलाधर वली र देउखुरी टुडे पत्रिकाका प्रबन्ध सम्पादक तथा टिभि टुडे टेलिभिजन काठ्मान्डौमा आबद्ध पत्रकार दिपक वलीको बिशेष उपस्थितिमा तथा देउखुरी मोबाइल संघका अध्यक्ष जागेस्वर बसेल ,महासचिव राजेश कुमार गुप्ता र बरीष्ट उपाध्यक्ष प्रकाश बेलबासेको उपस्थितिमा भएको मैत्रि पुर्ण फुटबल खेलको औपचारीक कार्यक्रमको सहजिकरण इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराहीका उपाध्यक्ष शालिकराम खनालले गर्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *