राप्ती गाउँपालिकामा युवा दिवस मनाइदै

२०७५ श्रावण २६, शनिबार १४:२२ गते २०७५ श्रावण २६, शनिबार १४:२२ गते २०७५ श्रावण २६, शनिबार १४:२२ गते

ओमप्रकाश गुप्ता
लालमटिया २६ साउन । राप्ती गाउँपालिका र ग्लोवल युथ क्लवले शनिवार परेको अन्र्तराष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । यस अघि क्लवले मात्रै आयोजना गर्ने भनिएको कार्यक्रममा गाउँपालिकाको निर्देशन बमोजिम कार्यक्रमको समय र स्थान परिवर्तन गरेको छ । यस अघि विहान १० बजे देखि मसुरीयामा आयोजना गरिएको कार्यक्रमलाई विहान ७ बजे गाउँपालिकाको परिसर मसुरीयामा आयोजना गर्न लागिएको क्लवका अध्यक्ष रमेश कंडेलले जानकारी दिएका छन् । युवा दिवसका अवसरमा समृद्ध राप्ती गाउँपालिका बनाउने अभियानमा युवाको भुमिका विषयक वक्तृत्वकला,¥याली तथा सभाको आयोजना गरेको क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । शनिवार हुने कार्यक्रममा सांसद, गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न राजनितिक दलहरु, युवा क्लव,विद्यालय, पत्रकारहरु र सुरक्षाकर्मी लगायतका सम्पुर्ण युवा संगठनहरुलाई सहभागिता भईदिन आयोजकले अनुरोध समेत गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *