घोराही ७ को प्राविधिक शिक्षालयको ५० हजार बजेट–अन्तरक्रीया र निरीक्षणमा सिद्धियो

२०७५ श्रावण २८, सोमबार १३:३४ गते २०७५ श्रावण २८, सोमबार १३:३४ गते २०७५ श्रावण २८, सोमबार १३:३४ गते

घोराही श्रावण २८

घोराही ७ मा प्राविधिक शिक्षालयको बजेट छलफल र निरीक्षणमा सिद्धियो ५० हजार बजेट अन्तरक्रीया र केही सामुदायिक विद्यालयको अनुगमन मात्र गरीयो, बजेट सिद्धियो, उपलब्धि शुन्य घोराही, साउन २८ ।

घोराही ७ सौडियारमा स्थानिय तहको चुनावको वेला वडामा प्राविधिक शिक्षालय स्थापना गर्ने नारा थियो । तत्कालिन एमालेवाट चुनाव लडेर जितेका खोपिराम चौधरी र नेपालि काग्रेसवाट वडा अध्यक्षका प्रतिष्पर्धी भिमप्रकाश खड्का र तत्कालिन नेकपा माओवादिवाट वडा अध्यक्षका प्रतिष्पर्धि बुद्धिप्रकाश चौधरी सचिनलेले जोडतोडका साथ घोराही ७ सौडियारको पुरानो र जेठो विद्यालयकारुपमा स्थापित मावि सौडियारलाई प्राविधिक शिक्षालयकोरुपमा विकास गर्ने नारा चर्चामा ल्याए ।

खोपिरामको चुनावि घोषणा पत्रकै महत्वपुर्ण बुदामा मावि सौडियारलाई नै प्राविधिक शिक्षालयकारुपमा विकास गर्ने लेखीएको थियो । वडा अध्यक्ष चौधरीको एक वर्षे कार्यकालमा यो घोषणा पत्रको त्यो महत्वपुर्ण बुदा देखीने गरी कार्यान्वयनमा आउन सकेको छैन् । वडा अध्यक्ष चौधरीको अगुवाइमा प्राविधिक शिक्षालयकोरुपमा सामान्य छलफलसमेत भएको थियो । मावि सौडियारको विद्यालय ब्यवस्थापन समिति पदाधिकारी र वडा अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुका विचमा अन्तरक्रीया गरेर त्यो विषय सकिएको थियो । तर, त्यसले मुर्तरुप लिन सकेनन् ।

अहिले चालु आर्थिक वर्षका लागि त्यो शिर्षकमा बजेट नछुट्टीएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले वडा कार्यालयवाट प्राविधिक शिक्षालयको विषयमा छलफल गर्न सामान्य बजेट छुट्याएको र त्यो बजेट खर्चेर अन्तरक्रीया गरीएको जानकारी दिए । उनले प्राविधिक विषय सञ्चालन गरीरहेका केही सामुदायिक विद्यालयको निरीक्षणसमेत गरीएको र ठोस निष्कर्षमा नपुगिएको पनि बताए । ‘यो विषयमा सामान्य छलफल गर्यौ, तर निष्कर्षमा पुगीएन् विद्यालयका प्रअ गौतमले भने–‘अन्तरक्रीया र निरीक्षण मात्र गरीयो, खासै यो विषयमा धेरै चासोकासाथ कुरा आएन्’ । उनका अनुसार वडा कार्यालयले प्राविधिक शिक्षालयको अध्ययनका लागि ५० हजार बजेट छुट्याएको थियो ।

वडा अध्यक्ष चौधरीसंग यस विषयमा प्रतिक्रीया लिन खोज्दा उनले खासै वोल्न मानेनन र भेटेर मात्र कुरा गर्ने प्रतिक्रीया दिए । यस अगाडि घोराही ७ का वडा अध्यक्षका प्रतिष्पर्धी भिमप्रकाश खड्काले मावि सौडियारलाई प्राविधिक शिक्षालयकोरुपमा विकास गर्ने योजना वडा अध्यक्षले अघि सारेपनि अहिले त्यो नारामै मात्र सिमित भएको आरोप लगाए । उनले मावि सौडियारको शैक्षिक स्तर माथि उठाउन वडा कार्यालयवाट खासै बजेट विनियोजन भएको नपाएको भन्दै उनले प्राविधिक शिक्षालय बनाउने कुरा नारामै मात्र चर्चा भएको टिप्पणि गरे ।

उनले गर्न सकिने कुरा मात्र अभिब्यक्त गर्दा राम्रो हुने भन्दै चुनाव जित्नकै लागि दिईएका नाराहरु पुरा नहुनेसमेत बताए । त्यस्तै वडा अध्यक्षका अर्का प्रतिष्पर्धि बुद्धिप्रकाश चौधरी(सचिन) ले वडा कार्यालय र वडा अध्यक्षले अहिलेसम्म आफुसंग समन्वय नगरेको बताए । नेकपा एमाले र नेकपा माओवादि मिलेर पार्टि एकता भएपनि वडा अध्यक्षले वडाको समग्र विकासका लागि खासै सहकार्य, सुझाव नमागेको बताए । ‘वडा अध्यक्षले खासै समन्वय गर्नु भएको छैन, अहिलेसम्म वडावाट थुप्रै कार्यक्रमहरु भए मसंग ब्यक्तिगतरुपमा र पार्टिगतरुपमा कुनै सहकार्य भएको छैन, वडाको कार्यक्रममा अहिलेसम्म उपस्थित भएको पनि छैन–सचिनले भने ।

प्राविधिक शिक्षालयको माग गरेर अहिलेसम्म सिटिइभिटिमा कुनै मावि सौडियारको प्रस्ताव गएको छैन् । सम्वन्धित विद्यालयले स्थानिय तहको सिफारीस, सञ्चालन गर्न चाहेको प्राविधिक विषयसहीतको प्रस्ताव सिटिइभिटिमा प्रस्ताव गरेमा सिटिइभिटिले प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिने कानुनि ब्यवस्था छ । थप दश सामुदायिक विद्यालयलाई प्राविधिक कक्षाको अनुमति यसैगरी सिटइभिटीले दाङका दश सामुदायिक विद्यालयलाई प्राविधिक कक्षाको अनुमित दिने निर्णय पनि आजकै बैठकले गरेको इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।

जसअनुसार अमर मावि उरहरिमा पशु विज्ञान, कल्याण मावि दूधराशमा सिभिल इञ्जियिरिङ, आदर्श नमूना मावि लालमटियामा सूचना प्रविधि, गुरुजजुर मावि रक्षौचारमा बाली विज्ञान, मावि तुलसीपुर सेन्टरमा सूचना प्रविधि, मावि रझेनामा सर्भे इञ्जिनियरिङ, सरस्वती मावि काठेकोल घोराहीमा सूचना प्रविधि, बाल जनता मावि लमहीमा बाली विज्ञान, पद्योदय नमूना माविमा अटोमोबाइल इञ्जिनियरिङ र मावि गोग्लीमा बाली विज्ञान कक्षाको अनुमति प्रदान गरिएको छ । देशभरिका ९६ वटा सामुदायिक विद्यालयले अनुमित पाएकोमा इञ्चार्ज गौतमको बिशेष पहलमा १० वटा दाङबाट मात्रै परेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *