घोराहीमा पार्किङ स्थलको छनोट सुरु

२०७५ श्रावण २८, सोमबार १३:३७ गते २०७५ श्रावण २८, सोमबार १३:३७ गते २०७५ श्रावण २८, सोमबार १३:३७ गते

घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा व्यवस्थित सवारीका साधन पार्किङका लागि स्थान छनौटको काम सुरु गरिएको छ ।

नगरका उपप्रमुख सीता न्यौपानेको नेतृत्वमा ट्राफिक प्रमुख सहितको टोलीले आज घोराहीका ७ स्थानमा पार्किङ स्थल छनोट गरेको हो । ट्राफिक चोक, नवलपुर, रझेना, नयाँ बजार, नेपाली सेना व्यारेक, सेवार, बसपार्क र दामोदर चोक नजिकैको स्थानमा अटो तथा इरिक्साहरुको पार्किङका लागि स्थान छनोट गरिएको छ ।

पार्किङ व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका उपप्रमुख न्यौपाने, निमित्त प्रमुख प्रशासकिय अधिकृत यामबहादुर कुँवर, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, ट्राफिकका प्रहरी प्रमुख मदनबहादुर कुँवर, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, मेयरका प्रेस संयोजक निमुसंगम घर्ती, प्राबिधिक तिलक केसी सहितको टोलीले पार्किङ स्थलको छनोट गरेको हो । समितिको हिजो बसेको बैठकले सवारीका साधनहरु जथाभावि पार्किङ हुदा आवागमनमा असहज भएको भन्दै पार्किङ स्थलको व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

दुई दर्जन स्थानमा पार्किङ स्थल तय गर्ने र व्यवस्थित गर्ने गरि योजना बनाईएको संयोजक न्यौपानेले जानकारी दिनुभयो । पार्किङ व्यवस्थित, भाडादर र रुट निर्धारण गरि अटो तथा इ रिक्साहरुलाई दर्तामा ल्याउने कार्य योजना रहेको उहाँको भनाई छ । बसहरुलाई अनिवार्य बसपार्कमा राख्ने र त्यहीबाटै चल्ने नियमलाई कडाईका साथ लागु गरिने समेत उहाँले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *