निकास नहुदा चन्द्रौटा बर्षेनि डुवानमा

२०७५ श्रावण २८, सोमबार १३:४८ गते २०७५ श्रावण २८, सोमबार १३:४८ गते २०७५ श्रावण २८, सोमबार १३:४८ गते

माधव बेल्वासे
कपिलवस्तु साउन २८

बर्षा सुरु भएपछि जम्मा हुने पानीको निकास नहुदा वर्षेनी चन्द्रौटावासी डुबानमा परेका छन । गत राती देखि परेको अविरल बर्षाले नगरपालिका भित्रका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन । अविरल बर्षाले वडा नं. ५ को सहजटोल, वडा नं. १ शिवपुर हाट बजार वडा नं. २ लगायतका क्षेत्रमा डुवान भएको छ ।
पानी निकासको लागी बनाइएका नाली हरुको ब्यबस्थापन नहुदा पानीको निकास बन्द भई डुवानको उच्च जोखिममा परेको हो । सार्वजनिक पानी निकासका कुला हरु अतिक्रमण भएर बाटो निमार्ण तथा घर निमाण गर्दा जथाभावी माटो फाल्दा नालि हरु पुरिएर निकास बन्द हँुदा सहज टोलको सडक क्षेत्र पानी जम्मा भई आवतजावतमा समस्या तथा घरमा समेत पानी पसेकोले स्थानिय चिन्तित भएका छन ।
मुख्य त पलाटिङ गरेका स्थानमा मुख्य डुबान परेको देखिएको छ ।सामान्य पानी पर्दा पनि सधै डुबान हुने क्षेत्रमा सामान्य निकास दिन नसकेकोमा डुबान क्षेत्रका स्थानिय निराश बनेका छन । डुबानमा परेपछी सामान्य रुपमा हिँडडुल गर्न समेत समस्या भएको छ ।त्यस्तै घरमै पानी पसेकोले बालवालिकाहरुलाई विद्यालय जान कठिनाइ परेको स्थानियहरुको भनाई छ । यो एक साल मात्र नभई प्रत्येक साल यस्तै हुँदा स्थायिनले स्थानिय सरकार र संघिय सरकारप्रति आक्रोस ब्यक्त गरेका छन ।
यता स्थानिय तहरुले पनि निकासको लागी पहल नगरेका होइनन । शिवराज नगरपालिकाको केहि स्थानमा नाली निमार्ण भएको भएपनि सवै नालिहरु एकै वर्षमा सम्भव नभएको हुदा आगामी वर्षमा पानीको निकाशको व्यावस्था गर्ने शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीको भनाई छ ।सडक विभाग तथा यातायात मन्त्रालय सम्म यस विषयमा कुरा गरिसकेको र छिट्टै निकास हुने अधिकारीले वताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *