भोली साउन २९ गते नेपाल बन्दको अह्वान

२०७५ श्रावण २८, सोमबार १५:१२ गते २०७५ श्रावण २८, सोमबार १५:१२ गते २०७५ श्रावण २८, सोमबार १५:१२ गते

ओमप्रकाश गुप्ता
दाङ २८ साउन । नेपाल कम्युनिष्ट पार्टीले भोली साउन २९ गते १ दिनका लागि नेपाल बन्दको आह्वान गरेको छ । गएको मंगलबार काठमाडौँको दक्षिणकालीबाट ‘प्रकाण्ड’सहित तीनजना पक्राउ परेको विरोधमा नेकपाले नेपाल बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो । उनीहरु सहित यस अघि पक्राउ परेका सबैको विनाशर्त रिहाको माग गर्दै बन्दको अह्वान गरेको पार्टीले जनाएको छ । यही साउन २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा गिरफ्तार परेका प्रकाण्डलाई काठमाडौं जिल्ला अदालतले आइतबार दोस्रो पटक थप २ दिन म्याद थप गरेको छ । टेकु हिरासतमा राखिएका प्रकाण्डलाई गिरफ्तार लगत्तै मानसिक यातना दिएको र उहाँका सहयोगि हरिचन्द आचार्य सहितका केहि केन्द्रिय नेताहरुलाई सारिरिक र मानसिक यातना दिएको भन्दै नेकपाको यस पटकको नेपाल बन्द आक्रामक हुने बुझिएको छ ।
उता आफ्ना बुबालाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले हिजो नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । प्रकाण्ड सहित सहयोगी हरिचन्द्र आचार्य, सवारी चालक मनबहादुर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुख विरुद्ध अदालतमा निवेदन दर्ता गराएका हुन् ।
यसै बिच भोली साउन २९ गते नेपाल बन्दको घोषणालाई सफल पार्न विभिन्न १३ संगठनले संयुक्त रुपमा अपिल गरेका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाँक्री, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, अखिल नेपाल किसान संगठन (क्रान्तिकारी) की अध्यक्ष सविता सिंह, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी, नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका अध्यक्ष टिकाप्रसाद कंडेल, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावल, संयुक्त उद्योग वाणिज्य महासंघ, नेपालका अध्यक्ष युवराज पराजुली, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे, नेपाल निर्माण व्यवसायी संगठनका अध्यक्ष नवराज खड्का, दलित मुक्ति मोर्चा, नेपालका उपत्यका संयोजक हरी नेपाली, नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनका अध्यक्ष सुरेश चौधरी र योङ रेड फोर्स, नेपालकी उपाध्य मिना चलाउनेले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी नेपाल बन्दको समर्थन गर्दै आमसमुदायलाई बन्द सफल पार्न आह्वान गरेका छन् । संयुक्त संगठनले केपी ओली– पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपाका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह, गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललगायत सयौं नेताकार्यकर्तालाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्यप्रति घोर आपत्ति जनाउँदै सम्पूर्ण राजबन्दीको बिनासर्त रिहाइको माग गरेका छन् । साथै, संसदीय सत्ताका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सहयोग सबै देशभक्त, गणतन्त्रवादी तथा लोकतान्त्रिक पक्षधर जनसमुदायलाई हार्दिक अपिल सकेत गरिएको छ । यसैबिच नेकपा दाङ जिल्लाले पनि भोली अर्थात मंगलबारको बन्द यथावत रहेको जानकारी दिएको छ । पार्टीका प्रवक्ता लगायतका नेता तथा कार्यकर्ताहरुको पक्राउको विरोधमा मंंगबारको बन्दमा सम्पर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्थाहरु बन्द गरी आ–आफ्नो क्षेत्रबा साथ र सहयोग गर्न नेकपा दाङले अनुरोध समेत गरेको छ ।
प्रहरीले आफ्ना बुबालाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हातमा हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको निवेदनमा दाबी गरिएको छ । यसअघि साउन २५ गते देशव्यापी कोणसभा गरेको नेकपाले २६ गते काठमाण्डौका तीन स्थान सहित देशका मुख्य मुख्य शहरहरुमा विरोधसभा र २७ गते भण्डाफोर लगायतका कार्यक्रम गरिसकेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *