दिपक वलि
घोराही, १ भदौ
दाङ जिल्ला प्रहरी कार्यालमा भर्खरै सरुवा भएका आएका प्रमुुख कृष्णहरि शर्मा पोख्रेलले कुनै पनि अपराध जन्य सूचना प्राप्त भए तत्काल काम गर्ने बताउनुभएको छ । एसपि शर्मा पोख्रेलले गुण्डागर्दी पनि निर्मुल पार्ने बताउनुभएको छ ा शुक्रबार घोराहीमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै एसपि शर्मा पोख्रेलले यस्तो बताएका हुन । भर्खरै दाङ जिल्ला प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी उपरिक्षक पोखरेलले आज पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा आफ्नो जिल्लाको सुरक्षा रणनीति बारे कुरा गर्दै यस्तो बताएका हुन ।
दाङ जिल्ला भित्रका कुनै पनि अपराध जन्य घटना भएका , हन सक्ने र हँुदै छ भन्ने बारेमा सूचना प्राप्त भएमा तत्काल काम गर्ने पोख्रेले बताएका । ‘सूचना प्राप्त भएको आधारमा काम गर्ने हो ’ उनले भने ‘ राम्रा अथवा नराम्रो काम जे पनि हुन सक्छ र त्यो सूचना दिने व्यक्तिमा भर पर्छ । जिल्लामा वेश्यावृत्ति, लागूऔषध ओसारपसार , नदि जन्य पद्धार्थको उत्खनन् तथा वन पैदावारमा आधारीत बस्तुहरुको अबैध कारोबर तथा गुण्डागर्दी प्रमुख सुरक्षा चुनौतिको रुपमा रहेको पनि पत्रकारहरुले प्रहरी प्रमुख पोख्रेलाई जानकारी गराएका थिय । आफूले देखिनेगरी काम गर्ने र त्यस अनुभुति केहि दिनमा नै नागरीकले गर्नपाउने पनि एसपि पोख्रेलले बताए ।
पत्रकारहरुको प्रहरीले निभाउनु पर्ने नैतिक जिम्मेवारी पुरा गर्दै वुद्धि,विवेक र क्षमताको आधारमा सकेजति सबै काम राम्रो गर्ने र प्रहरी कार्यालयमा आउँने सबै ग्राहक भएकोले अब देखि प्रहरी कार्यालयमा आउने व्यक्ति सेवा लिएर मात्र फर्कने बताए । र, अपराधजन्य घटनामा बिचौलीहरुको सामेल रहेकोले काम गर्न कठिनाइ भएको र अबका दिनमा बिचौलीहरुको अस्तित्व समाप्त हुने समेत प्रतिवद्धाता समेत जाहेर गरे ।
“प्रहरी नागरीक संगको सहकार्य बाट मात्र सफलहुने भन्दै पोखरेलले कुनैपनि सूचना डाइरेक्ट मलाई दिनुस” पोखरेलले भने । धेरेै जस्तो ठुला घटनामा सफलता प्राप्त गरेको एसपि पोख्रेलले गलत काम गर्ने सादा पोसाकमा परिचालित प्रहरी तथा जिल्लामा कार्यरत १ हजार ५१ जना प्रहरीको अनुगमन गर्ने बताए । गल्ति गर्ने प्रहरी पनि कानुनको दाएरामा आउने हुदा समयमै सुचना पाए काम गर्न सजिलो हुने भन्दै सहि समयमा सुचना दिन पनि पोख्रेलले आग्रह गर्नुभयो ।
प्रहरी क्षेत्रमा २२ वर्ष अनुभव गरेको र पछिल्लो समयमा केन्द्रिय अनुसन्धान ब्युरो ( सिआइबि ) काम गरी भर्रखर मात्र दाङमा सरुवा भएर आउनुभएका एसपि पोख्रेलले दाङमा धेरै बर्ष देखि बाकि रहेका घटनाहरुको पनि छानबिन गर्न सजिलो हुने भन्दै अबको दिनमा पनि राम्रो काम गर्नका लागि सूचना उपलब्ध गराई सहयोग गर्न पनि अनुरोध गरेका थिए ।
प्रहरीले विशेष गरेको शान्ति सुुरक्षा कायम, अपराध न्यनीकरण र अनुसन्धान मात्र गर्नु पर्ने तर पछिल्लो चरणमा सबै क्षेत्रमा प्रहरीले नै काम गर्दा अप्ठारो महसुस भएको बताए ।पत्रकारहरुले राखेको जिज्ञासाको उत्तर दिंदै पोख्रेलले वेस्यावृत्ति, गुण्डागर्दि, लागूऔषध तथा अबैधकाम गर्नेहरु प्रति सुन्य सहनशिलता सिद्धान्त लागू गर्ने बताए । “सूचना पाएको सेकेण्डमै प्रहरी मूभ हुन्छ”–प्रहरी प्रमुख पोखरेलले भने । प्रहरी कार्यालयमा सेवा लिन आएका कुनै पनि सेवाग्राहि अथवा नागरीक निरास हुनु नपर्ने पनि उनले बताए ।
पुराना जघन्य घटनाहरु आफुलाई जानकारी भएकोबताउँदै पोखरेलले सबैको नतिजा आउने बताए । केन्द्रिय अनुसन्धान ब्युरोमा काम गरी सक्नुभएका एसपि पोख्रेलले शिक्षामा भने एमबिए एलएलबि डिग्रि गरी सक्नुभएको छ ।
Views: 0