दाङ २ भाद्र
राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश ५ को शाखा कार्यालय आज नेपालगन्जमा उद््घाटन गरिएको छ । रोल राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश ५को कार्यालय तथा प्रदेश ५ को समिति समेत गठन गरिएको छ । प्रदेश ५ को संयोजकमा पत्रकार उदय सिंह श्रेष्ठ सर्वसम्मत चयन हुनुभएकोक छ ।
यस्तै उपाध्यक्षमा दाङका सागर थापा, महासचिवमा कमल विके निर्मोहि, सचिवमा विष्णु कुमार देवकोटा, कोषाध्यक्षमा रामदिन तेली र सदस्यहरुमा प्रज्वल श्रेष्ठ र लक्ष्मी चौधरी सर्वसम्मत चयन हुनुभएको छ । ७ जनाको कार्यसमिति प्रदेश ५ मा रहेका छन् । कार्यालय तथा कार्यसमिति गठन कार्यक्रममा बोल्दै पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोख्रेलले अहिलेको युगसंगै अनलाईनको प्रयोग पनि उत्तिकै फड््को मारेको बताउनुभयो ।
पत्रकारहरु सवैको न्युटल हुन जरुरी रहेको मन्त्रि पोख्रेलले बताउनुभयो । समाचार सत्य तथ्य र आम पाठकले पढ््ने खाले हुन आवश्यक रहेको उहाँले बताउनुभयो । बाईट समाचारको लागि होइन समाचार पाठकको ध्यान आकर्षण गराउन खाले दिन सक्नु पत्रकारको दायित्व रहेको उहाँले बताउनुभयो ।
अनलाईनको जमाना रहेको हुनाले पत्रपत्रिका प्रति पाठकको रुची घटदै गएको राष्ट्रिय अनलाइन पत्रकार संघका केन्द्रिय अध्यक्ष मुकुन्द ढुङगानाले बताउनुभयो । बाईट हाल नेपालमा ८ सय ८४ वटा अनलाईन दर्ता भै संचालनमा रहेका छन् भने राष्ट्रिय अनलाइन पत्रकार संघमा ४ सय जना पत्रकार आवद्ध रहेको केन्द्रिय अध्यक्ष ढुङगानाले बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, शसस्त्र प्रहरी बाँकेका प्रमुख, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
Views: 0