अमर माबि स्कुलमा सांसद हिराचन्द्र केसीले ५० लाख बजेट दिने

२०७५ भाद्र २, शनिबार ११:२१ गते २०७५ भाद्र २, शनिबार ११:२१ गते २०७५ भाद्र २, शनिबार ११:२१ गते

दाङ २ भाद्र
दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य हिरा चन्द्र केसीले प्राबिधिक कक्षा सञ्चालनका लागि भवन निर्माण गर्न ५० लाख सहयोग गर्ने जनाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माबिमा सञ्चालन हुन लागेको पशु बिज्ञान पठन पाठनका लागि भवन निर्माण गर्न ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बिद्यालय ब्यबस्थापन समितिका सदस्य केदार आचार्य , पूर्ब अध्यक्ष मान बहादुर रावत, तथा प्रधानाध्यापक पदम न्यौपानेको टोलीसंग भेटघाट गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सांसद क्षेत्र विकास कोषबाट भवन निर्माणका लागि बजेट छुट्याउने सांसद केसीले बताए । यस बर्ष अमर माबिले पशु बिज्ञान पठनपाठन गर्ने अनुमति पाएको छ । तर आबश्यक भवन नहुँदा समस्या भएको बिद्यालय ब्यबस्थापन समितिका सदस्य आचार्यले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *