नमछु बौद्ध गुम्बा समिति ढोडेनीले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुहुने भएको छ । भदौ ६ गते बुधवार विहान उहाँले टावर उद्घाटन गर्नुहुने छ । विहान १०ः५ को शुभ साइतमा उद्घाटन गरिने र त्यसअघि साढे नौ बजे नै कार्यक्रम शुरु हुने समितिले जनाएको छ । त्यसअघि दाताहरुलाई निवासबाट गुम्बासम्म बाजागाजासहित लैजाने तयारी पनि गरिएको छ ।
घोराही १४ निवासी समाजसेवी ८७ बर्षीय मनबहादुर पुनको ८४ बर्ष उमेर पूरा भएको अवसरमा पुन तथा उहाँका छोराहरु गुमानबहादुर पुन, नरेन्द्र पुन र डा. बसन्त पुनले निजी लगानीमा भ्यूटावर निर्माण गर्नुभएको हो । छोराहरुले बुवा मनबहादुर पुन र आमा दिलमायाँ पुनको सम्मानमा ‘मन दिल पुन’ भ्यूटावर निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसबाट बचत भएको रकम धार्मिक, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकूदको विकासमा लगाइने छ । सामुदायिक विद्यालयमा अध्ययनरत बिपन्न विद्यार्थीको सहयोगका लागि लगानी केन्द्रित गर्ने समितिले जनाएको छ । त्यस्तै पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीका लागि पर्यटन पत्रकारिता पुरस्कारको पनि ब्यवस्थापन गर्ने समितिले जनाएको छ ।
नमछु बौद्ध गुम्बा समितिका अध्यक्ष सतबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा टावर निर्मातामध्येका एक माइला छोरा नरेन्द्र पुनले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन गुम्बा समितिका सचिव मानसिंह घर्तीले गर्नुभएको थियो ।
Views: 0