उनले पत्रकारीता क्षेत्रलाई मर्यादित र ब्यवस्थित बनाउन आफ्नै आचारसंहीता रहेको भन्दै समाचार लेखेकै भरमा पत्रकारीता क्षेत्रलाई दुख दिने नियत कानुन कार्यान्वयन गर्ने सम्वन्धित निकाय हुन सक्ने भएकाले यसमा सबैले ध्यान दिनुपर्ने बताए । उनले असल नागरीक बनाउन ऐनले महत्वपुर्ण भुमिका खेल्ने भन्दै पत्रकारीता क्षेत्रसंग सम्वन्धित संसोधन गर्नुपर्ने वुदाहरु तयार गरेर छिट्टै सरकारलाई बुझाउने तयारीमा पत्रकार महासंघ रहेको पनि जानकारी दिए ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रीयासनको अध्यक्षता एं केन्द्रिय बरीष्ठ उपाध्यक्ष विपुल पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य अजयदिप शर्मा, पुर्व जिल्ला अध्यक्ष सुशिल गौतम, केवि मसाल, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, राप्ती साहीत्य परीषद्का अध्यक्ष पुरुर्षोत्म खनाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष बसन्त जोशि लगायतकाले नागरीक मैत्रि कानुन आवश्यक रहेको भन्दै कानुन कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्र वलिले गरेका थिए । कार्यक्रममा अनलाइन मीडीयाका सम्पादक, सञ्चालक, छापा र रेडियोका सम्पाद, सञ्चालक र पत्रकारहरुको सहभागीता रहेको थियो ।
Views: 0